china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सुरक्षा परिषदद्बारा पारित दारफुर समस्यासम्बन्धी प्रस्तावको चीनद्बारा स्वागत
    (GMT+08:00) 2007-08-02 16:13:20    

                चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै राष्ट्र संघीय सुरक्षा परिषदमा सर्वसम्मतिले पारित दारफुर समस्यासम्बन्धी प्रस्तावको चीनले स्वागत गरेको कुरा बताउनुभयो। यसका साथै, उहाँले सम्बन्धित पक्षहरुले उक्त निर्णयलाई सुचारुरुपमा व्यवहारमा उतार्ने आशा चीनले गरेको कुरा पनि बताउनुभयो।

                थाहा भएअनुसार, उक्त निर्णयमा सुडानको दारफुर क्षेत्रमा राष्ट्र संघ तथा अफ्रीकी संघको लगभग छब्बीस हजारजना सम्मिलित संयुक्त शान्ति सेना पठाइने छ, र उक्त संयुक्त शान्ति सेनाको कार्यावधि बाह्र महिनाको हुनेछ।

                प्रवक्ता लीउ च्यान छाउले शान्ति संरक्षण कार्वाही दारफुर समस्याको समाधान गर्ने उपायहरुमध्येको भएको ठहर व्यक्त गर्नुभयो। दारफुर क्षेत्रको राजनीतिक प्रक्रियालाई अघि बढाउनुका साथै दारफुर क्षेत्रको मानवीय अवस्थामा सुधार गर्न एवम् त्यहाँको पुनर्निर्माणलाई घच्घच्याउनका लागि अन्तर्राष्ट्रिय समाजले सुडान सरकारलाई सहयोग गर्नुपर्ने विचार पनि श्री लीउले प्रकट गर्नुभयो।

                प्राप्त अर्को समाचारअनुसार, सुडानका विदेश मन्त्री इआम अकोल अजावीन अगोन्दीथ अगोन्दीथले हिजो सुडान सरकारले सुरक्षा परिषदको उक्त प्रस्तावलाई स्विकार गर्नुका साथै राष्ट्र संघ तथा अफ्रीकी संघसँगै मिलेर सुडानले उक्त निर्णयलाई व्यवहारमा उतार्ने कुरा बताउनुभयो।

                यूरोपेली संघ, पोर्चुगल, जर्मनी तथा इजिप्टले पनि हिजो उक्त निर्णय-प्रस्ताव पारित भएकोमा त्यसको स्वागत गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040