china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि.आर.आइको संक्षिप्त परिचय
    (GMT+08:00) 2007-06-13 15:29:40    

                  चिनियाँ अन्तर्राष्ट्रिय रेडियो— सि.आर.आई.को स्थापना सन् 1941 को डिसेम्बर 3 तारिखका दिन भएको हो। यो पूरै विश्वभरि प्रसारण गरिने चीनको एक मात्र अन्तर्राष्ट्रिय रेडियो हो, साथै विश्वका निकै लोकप्रिय अन्तर्राष्ट्रिय रेडियोहरुमध्येको एक पनि हो। विगत कैयन दशकदेखि यता हामीले निरन्तर रुपमा आफ्नो आवाजमार्फत चीनमा भएका ठूल्ठूला परिवर्तन र विकासक्रम बारे विश्वलाई जानकारी दिंदै चीन र विश्वका विभिन्न देशका जनता बीचको समझदारी र मित्रतालाई अरु सुदृढ एवम् सुमधूर पार्न अथक प्रयास गर्दैआएको छौं।

                   हाल यस रेडियोबाट हरेक दिन विश्वका अठ्तीसवटा विदेशी भाषा र चीनमा प्रचलित हान जातिको फु थोंग बोली तथा व्काँग चौ बोली, छाउ चौ बोली, मिन नान बोली र ख च्या बोली यी चार किसिमका स्थानीय भाषामा विश्वभरि 392 घण्टा प्रसारण भैरहेको छ। ती कार्यक्रमहरुले विश्वभरिका दुइ सयभन्दा बढी मुलुक र क्षेत्र तथा चीनका पैचिंग, शाङ्गहाई र क्वाँग चौ लगायतका दशभन्दा बढी शहरहरु तथा हङ्गकङ्ग र मकाउ विशेष प्रशासनिक क्षेत्रहरुलाई समेटेका छन। सन 2004 मा सी. आर. आई.ले संसारभरिका 161 वटा मुलुकका श्रोताहरुबाट 18 लाखभन्दा बढी चिट्ठी पत्रहरु पाएको थियो, जसलाई व्यापक स्वदेशी-विदेशी श्रोताहरुले "चीन तथा अरु मुलुकका बीच सम्पर्क र आदान-प्रदानको मितेरी पुल र फिता" को स‌ज्ञा दिएका छन र "चीनका बारेमा जानकारी लिने सबैभन्दा छिटो, सजिलो र प्रभावकारी बाटो हो" भनेका छन्।

                    सन् 1987 देखि 2004 सम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका तेइसवटा विदेशी भाषा र हान जातीको फु थोंग बोली तथा अरु तीनवटा स्थानीय भाषाका कार्यक्रमहरु प्रसारणका लागि जेनेरेटरहरु भाडामा प्रयोग गर्नेगरिएको छ, र साथै आपसी सहयोग वा स्थानीय रेडियोको उपयोगका आधारमा एक-अर्काका कार्यक्रमहरु प्रसार गर्ने गरिएको छ जसको कुल प्रसारण समय 202 घण्टा पुगेको छ।

                    चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विश्वका विभिन्न भागमा हुने घटनाहरुका बारेमा तत्काल जानकारी दिनका लागि प्राय सबै महाव्दीपहरुमा 30 वटा र स्वदेशका विभिन्न प्रान्त, शहर र स्वायत्त प्रदेश एवम् हङ्गकङ्ग तथा मकाउमा समेत सम्वाददाता केन्द्रको स्थापना गरेको छ। यसबाट निकै ठूलो सूचना-सञ्जालको निमार्ण भएको छ।

                   सन् 1984 देखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले क्रमशः स्वदेशका लागि अंग्रेजी, स्पेनिस, अरबेली, फ्रान्सेली, जर्मन, कोरियाली, जापानी र रुसी भाषामा प्रसारण गर्नथालेको छ जसले चीनमा काम गरिरहेका वा बसोबास गरिरहेका विदेशीहरुका लागि चीन र विश्व बारे जानकारी हासिल गर्ने झ्यालको भूमिका खेलेको छ साथै विदेशी भाषा सिक्नचाहने एक ठूलो जमातका चिनियाँहरुका लागि एक नयाँ मित्र पठाएको छ।

                   सन 1998 को डिसेम्बरदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको वेभ-साइट संसारका जुनसुकै ठाउँमा पनि हेर्नसकिने पारिएको छ। अब श्रोताहरुले हाम्रा ४3 वटै भाषाका कार्यक्रमहरु एक हप्तासम्म इन्टरनेटमा हेर्न र सुन्न सक्नुहुन्छ। सी आर आई अन लाइन अब विश्वका अन्तर्राष्ट्रिय रेडियोहरुमध्ये सबैभन्दा उत्तम मानिएको छ।

                   आजको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो झन् फराकिलो र झन् व्यापक सञ्चारको क्षेत्रतर्फ लम्किरहेको छ। यसको शक्तिशाली सञ्‍चार माध्यममा त्रिचालीसवटा भाषा प्रसारण, बहु-भाषा र मल्टी-मेडियासहित अन्तर्राष्ट्रिय इन्टरनेट वेभ-साइट, टेलिभिजन केन्द्र, समाचारपत्र तथा प्रकाशन संस्था समावेश छन। चिनियाँ अन्तर्राष्ट्रिय रेडियो हाल विश्वमा सबैभन्दा बढी भाषामा प्रसार गर्ने, अत्याधुनिक साधन सम्पन्न, सबैभन्दा पूर्ण र सबैभन्दा बढी श्रोता एवम् दर्शकहरु भएका सञ्चार माध्यमहरुमध्येको एक बनिसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040