चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले हिजो पत्रकार सम्मेलनद्बारा दिइएको प्रश्नको उत्तर दिंदै थाइ वान सत्ताले थाइ वानको नाममार्फत संयुक्त राष्ट्र संघमा भाग लिन दर्खास्त गरेको गतिविधि वाहियात रहेको कुरा बताउनुभएको छ।
श्री लिउ चे छाउका अनुसार, राष्ट्र संघीय वडापत्र र सुरक्षा परिषद् तथा महासभाको सम्बन्धित नियमका अनुसार, सार्वभौमिकता सम्पन्न मुलुकले मात्र संयुक्त राष्ट्र संघको सदस्या मुलुक बन्ने दर्खास्त गर्नुपर्छ। राष्ट्र संघीय वडापत्र, महासभाको 2758 नम्बर निर्णय-प्रस्ताव र अन्तर्राष्ट्रिय समाजद्बारा सर्वव्यापी रुपमा लागू गरिएको एक चीनको नीतिमाथि चुनौती गर्ने कुनै गतिविधि जनइच्छा विपरित भएको र आवश्य पनि पराजित हुने छ।
|