श्री ली सेन व्हैलाई अझ ठूलो भूमिका निर्वाह गराउने उद्देश्यले ल्हासा शहरको न्यायाधिवक्ताको कार्यालयले उहाँलाई सबैभन्दा महत्वपूर्ण विभागमा पनि पठाएर सहायक न्यायाधिवक्ताको पदमा नियुक्त गरेको थियो। श्री ले सेन व्हैले कठिनाइका सामु कहिल्यै पनि शिर निहुराउने गर्नुभएको छैन। उहाँले आफ्नै अथक प्रयासमा धेरै गाह्रो काम पनि राम्ररी पूरा गर्नुभएको छ। यसका लागि धेरै सहकर्मीहरु उहाँको प्रशंसा गर्छन। उहाँका एकजना तिब्बती सहकर्मी छरन दोर्जेले भन्नुभयोः
"हामीकहाँ उहाँ जस्तै इलमी दक्ष व्यक्तिको निकै ठूलो अभाव छ। उहाँ सधैं आर्थिक क्षेत्रका मुद्दा हेर्नुहुन्छ। यस्तो मुद्दाको विवेकपूर्ण रुपमा फैसला गर्नसक्ने कर्मचारीको यहाँ कमी छ। यस्ता मुद्दाको फैसला गर्दा हामीले धेरै कठीनाइको सामना गर्नुपरिरहेको छ। अहिले उहाँले यसको जिम्मा लिनुभएकाले हामीलाई सजिलो भएको छ। उहाँ यस क्षेत्रका समस्याहरुको समाधान राम्ररी गर्न सक्नुहुन्छ।"

श्री सेन व्हैले कानूनबारे आफ्नो ज्ञान तथा जिम्मेवारीपूर्ण भावनाका आधारमा आफूले हेरेका हरेक मुद्दामा ध्यानपूर्वक विचार गर्नेगर्नुभएको छ। गत एक वर्षदेखि उहाँले फैसला गर्नुभएका मुद्दामा कुनै पनि गलती भएको छैन। ल्हासा शहरको न्यायाधिवक्ताको कार्यालयका उप-महान्यायाधिवक्ता लीउ च्या युनले श्री ली सेन व्हैको प्रशंसा गर्दै भन्नुभयोः
"कानूनी क्षेत्रमा उहाँको ज्ञान प्रशस्त छ। मुद्दाको अध्ययनका क्रममा उहाँले निकै ध्यानपूर्वक टिप्पणी गर्नेगर्नुभएको छ। हालसम्म उहाँले फैसला गर्नुभएका दशभन्दा बढी मुद्दाहरुमा राम्रो नतिजा प्राप्त गर्नुभएको छ।"
ल्हासा शहरको न्यायाधिवक्ताको कार्यालयमा हालसम्म स्नाकोत्तर उपाधी हासिल गरेका सबैभन्दा दक्ष न्यायाधिवक्ता श्री ली सेन व्है नै हुनुहुन्छ। उहाँले आफ्नो कार्यालयमा फुर्तिलो वातावरण सिर्जना गर्नुका साथै त्यहाँको प्रबन्धहरुको सुधारमा पनि सहयोग गर्नुभएको छ। उहाँले पेइचिंगका सम्बन्धित कम्पनीसँग छलफल गरेर आफ्नो न्यायाधिवक्ताको कार्यालयमा सस्तो भाउमा केही कम्युटर पनि किन्नुभएको छ जसबाट यहाँका कर्मचारीहरुका लागि धेरै सुविधा प्रदान गरिएको छ।

श्री ली सेन व्है तिब्बती नौनी चिया मन पराउनु हुन्छ। ल्हासामा जताततै देखिने विभिन्न किसिमका रेस्ट्रुराँ उहाँका मन पर्ने ठाउँ हुन। उहाँको आवास न्यायाधिवक्ताको कार्यालय नजिक पर्छ। दशभन्दा बढी वर्गमिटरको कोठामा एउटा सफा खाट छ। छेऊमा राखिएको टेबुलमा केही किताबहरु सुव्यवस्थित रुपमा राखिएका छन। उहाँले हाल आफ्नो जीवनमा सुविधा नभएको ठाउँ छैन भन्नुभयो। फुर्सदको बेला उहाँले कहिलेकाहीं आफ्नो चोकमा केही फूलहरु रोप्ने गर्नुहुन्छ। यसबाट उहाँको जीवन पनि रंगीचंगी भएको देखिन्छ।
पहिले श्री ली सेन व्हैले एक वर्ष मात्र तिब्बतमा स्वयंसेवा गरेपछि फेरी पेइचिंग फर्कने योजना गर्नुभएको थियो। तर एक वर्षपछि उहाँ तिब्बतलाई छोड्न सक्छन। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"यहाँको वातावरण मेरो लागि राम्रो छ। यहाँ मैले आफ्नो सबै क्षमताको प्रयोग गर्नपाउँछु। त्यसैले काम गर्दा धेरै खुशी छु म। हाम्रो न्यायाधिवक्ताको कार्यालयका प्रमुखले अझ पनि यहाँ बसेर काम गर्नका लागि गर्नुभएको अनुरोधलाई मैले स्वीकार गरेको छु।"

श्री ली सेन व्हैले अब लामो समयसम्म तिब्बतमै काम गर्ने संकल्प गर्नुभएको छ र उहाँ एकजना स्वयंसेवकबाट तिब्बतका एकजना औपचारिक न्यायाधिवक्ता पनि बन्नुभएको छ।
|