china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन अध्ययन केन्द्रले आफ्नो अफिसियल वेभसाइट सार्वजनिक गरेको छ।
    (GMT+08:00) 2007-08-06 21:06:15    

              चीन अध्ययन केन्द्रद्बारा सञ्चालित वेभसाइट चिनियाँ सूचनालाई नेपालीसम्म पुर्‍याउन एउटा भरपर्दो सञ्चार माध्यम बनेको छ । केही महिना अगाडिदेखि सञ्चालनमा आएको केन्द्रको वेभसाइटले चीन र नेपालबीचको सूचना सञ्चारलाई प्राथमिकतामा राखेको छ ।चीन अध्ययन केन्द्रका कोषाध्यक्ष गंगाप्रसाद उप्रेतीले सि.आर.आई.सँग कुरा गर्दै वेभसाइटलाई अझै पूर्ण बनाउने बताउनुभयो । केन्द्रका गतिविधि तथा चीनबारेमा नेपालीहरुलाई महत्वपूर्णं जानकारीलाई वेभसाइटमा राखिएको कोषाध्यक्ष उप्रेतीले बताउनुभयो ।

              चीनको सांस्कृतिक, आर्थिक, पर्यटकीय तथा धार्मिक जानकारीलाई पनि क्रमश: अध्यावधिक गर्दै लाने नीति केन्द्रको रहेको पनि उप्रेतीले जानकारी गराउनुभयो ।नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई उठाउने प्रमुख लक्ष्य लिएर स्थापित चीन अध्ययन केन्द्रले दुई पक्षीय प्रतिनिधिमण्डलको आदानप्रदान गर्नुका साथै दुई देशका बुद्धिजीवी तथा विश्लेषकलाई उभ्याएर नीति निर्माणका कार्यलाई समेत टेवा पुर्‍याउने काम गर्दै आएको छ । चिनियाँ प्रकाशहरुलाई नेपाली भाषामा उल्था गरेर प्रकाशन गर्ने, चीनका बारेमा जानकार वरिष्ठ विद्धानहरुको लेख रचना प्रकशन गर्ने काम पनि केन्द्रले गर्दै आएको छ ।एक दसक अगाडि स्थापित चीन अध्ययन केन्द्रले नेपालमा चिनियाँ सूचना तथा सञ्चारलाई व्यवस्थित गर्न उद्देश्यले आफनो अफिसियल वेभसाइटलाई सार्वजनिक गरेको केन्द्रका कोषाध्यक्ष उप्रेती बताउनुहुन्छ । डब्लुडब्लुडब्लु डट सिएससिनेपाल डट ओआरजी डट एनपी ठेगानाबाट चीन अध्ययन केन्द्रको वेभसाइट हेन सकिन्छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040