china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल घुम्न जाने चिनियाँ पर्यटकहरु जुलाइ महिनामा पनि उल्लेख्य रुपमा बढेका छ।
    (GMT+08:00) 2007-08-07 20:37:26    

                नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरु बढ्ने क्रम जुलाई महिनामा पनि जारी रह्यो । गत वर्ष नेपालमा शान्ति सम्झौता भई विगत एघार वर्षदेखिको समाप्त भएपछि नेपाल घुम्न आउने पर्यटकहरुको संख्या बढ्न थालेको हो । त्यसमाथि नेपाल सरकारले चिनियाँ पर्यटकका लागि विशेष सुविधाहरु लागू गरेको हुनाले चिनियाँ पर्यटकहरु नेपालप्रति आकषित हुन थालेका हुन् ।गत वर्षको जुलाइ महिनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुको संख्या चार सय 18 थियो भने यो वर्षको जुलाई महिनामा उक्त संख्या बढेर सात सय 14 पुगेको छ । गत वर्षको जुलाइ महिनाको तुलनामा यो वर्ष नब्बे प्रतिशतले चिनियाँ पर्यटकहरु बढेका छन् ।

               नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई दिएको जानकारी अनुसार नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या अब अझै बढ्ने छ । चीनले नेपाललाई गन्तव्य सूचिमा राखेको र चिनियाँ पर्यटकले नेपाल घुम्नलाई सुरक्षित ठानेको हुनाले पनि नेपाल भित्रिने चिनियाँ पर्यटकहरु बढेका हुन् । सन् 2006 को जनवरीदेखि जुलाई महिनासम्म नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या तीन हजार तीन सय ३६ थियो भने यो वर्षको जनवरीदेखि जुलाईसम्म नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या सात हजार तीन सय 42 पुगेको छ । दुवै वर्षको सुरुको सात महिनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको तुलना गर्दा गतवर्षभन्दा यो वर्ष एकसय बीस प्रतिशतले बढेको पाइन्छ । संसारको सबै देशबाट नेपाल घुम्न आउने पर्यटकहरुको तुलनामा चिनियाँ पर्यटकहरुले झण्डै चार प्रतिशतको हिस्सा ओगटेका छन् ।चिनियाँ पर्यटकलाई नेपालप्रति आकषित गर्नका लागि नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रमको आयोजना गरी चिनियाँ बजारमा प्रचारप्रसार गर्नेकाम गरिरहेको छ । यसै गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि नेपालको प्रचारप्रसार गरिरहेका र चिनियाँ हवाइ सेवाले नेपालमा आफ्नो सेवा विस्तार गरेको हुनाले पनि नेपालमा चिनियाँ पर्यटकहरु बढी आकषित भएका हुन् ।

    चेतनाथ आचार्य

    सि.आर.आई.काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040