china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अपेइचि ओलम्पिक 2008 को तयारी बैठकमा भाग लिनका लागि नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ चीन आउनु भएको छ
    (GMT+08:00) 2007-08-09 16:45:35    

              पेइचि ओलम्पिक 2008 को तयारी बैठकमा भाग लिने क्रमममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठ हाल चीनको राजधानी पेइचिङ्ग हुनुहुन्छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका महासविच पनि हुनुहुन्छ । उहाँ नेपाल ओलम्पिक कमिटिको प्रतिनिधित्व गर्दै पेइचि ओलम्पिक 2008 को तयारी बैठकमा भाग लिन जानु भएको हो ।नेपाल ओलम्पिक कमिटिका अध्यक्ष्ा ध्रुबबहादुर प्रधानले सि.आर.आई.लाई दिनु भएको जानकारी अनुसार चीनमा आयोजना हुने पेइचि ओलम्पिक 2008 को तयारीका लागि सेभ द मिसन अन्तर्गत चिफ द मिसनको बैठक पेइचिङ्ग यही अगष्ट 7 तारिखदेखि 9 तारिखसम्म बस्दै गरेको हो । नेपालको अशल छिमेकी राष्ट चीनमा आयोजना हुने ओलम्पिक खेलकूद सन् 2008 को अगष्टमा हुँदैछ । त्यसका लागि तयारी कार्य सम्पूर्ण रुपमा पूर्ण भएको चीनले जानकारी दिइसकेको छ । अहिले विश्वभरिका ओलम्पिक कमिटीका प्रतिनिधिहरु चीनको राजधानी पेइचिङ्ग भेला भएर तयारी कार्यको समीक्षात्मक बैठक गरिरहेका छन् ।सन् 2008 को अगष्टदेखि विश्वकै सबैभन्दा ठूलो खेलकूद मेला चीनमा आयोजना हुँदैछ जसलाई पेइचि ओलम्पिक 2008 भनिएको छ ।

              ओलम्पिक खेलकूद प्रत्येक चारचार वर्षमा आयोजना हुने गर्दछ । चीनले प्रथम चोटी आयोजना गर्न लागेको ओलम्पिक खेलकूदको तयारी कार्य सँगसँगै खेलाडीहरु पनि तयारीमा लागेका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकूद परिषद्का महासचिव जीवनराम श्रेष्ठले नेपाली खेलाडीको तयारी तथा भाग लिने खेलकूदका बारेमा जानकारी गराउने कार्यक्रमम रहेको अध्यक्ष ध्रुबबहादुर प्रधानले जानकारी गराउनु भयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040