पेइचि ओलम्पिक आयोजना हुन एक वर्ष बाँकी रहेको अवससर परेर हिजो बुधकार काठमाडौँमा आयोजि एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधान र नेपालका लागि चीनका राजदूत च सियाङ्ग लिनबीच दुई पक्षीय सहयोगसम्बन्धी सम्झौत-पत्रमा हस्ताक्षरभ भएको छ ।
सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष प्रधानले छिमेकी देशमा हुने ओलम्पिकको सफलतका लागि नेपाल ओलम्पिक कमिटीको तफबाट ऐक्यवद्धता प्रकट गर्दै सहयोग गर्ने बताउनु भयो । चिनियाँ राजदूत च सियाङ्ग लिनले आगामी ओलम्पिकलाई सफल पार्न नेपालले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्दै चीनले पनि नेपालको खेलकूद बिकासमा सक्तो सहयोग गर्ने बताउनुभयो । उक्त अवसरमा उपहार समेत आदानप्रदान गरिएको थियो ।यसैबीच ओलम्पिक आयोजना हुन एक वर्ष बाँकी रहेको अवसर पारेर प्रतियोगिताको सफलताका लागि चीनमा समेत व्यापक प्रचारप्रसार गरिएको समाचारलाई आज नेपालबाट प्रकाशित सबै पत्रपत्रिकाले प्राथमिकताका साथ प्रकाशन गरेकाछन् ।
पेइचिङ्ग तियानम्यान स्क्वायरमा हिजो बुधकार आयोजित समारोहमा दसहजारभन्दा बढी अतिथिले सहभागिता जनाएका थिए । पेइचि ओलम्पिक 2008 को तयारीका लागि सेभ द मिसन अन्तर्गत चिफ द मिसनको बैठकमा भाग लिनका लागि नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकूद परिषदका सदस्य सविच जीवनराम श्रेष्ठ हाल चीनमा हुनुहुन्छ ।सन् 2008 को अगष्ट 8 देखि चीनको राजनधानीमा 29 औं गृष्मकालीन ओलम्पिक खेलकूद प्रतियोगता सुरु हुँदैछ । ठीक एकवर्ष बाँकी रहेको हिजोको दिनबाट ओलम्पिक खेलकूदका लागि उल्टो गन्ती सुरु गरिएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.काठमाडौँ
|