china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी सेप्टेम्बरमा काठमाडौँमा आयोजना हुने तेस्रो चीन महोत्सवको तयारी कार्य द्रूत गतिमा भइरहेको छ
    (GMT+08:00) 2007-08-14 19:28:27    

          आगामी सेप्टेम्बर महिनामा काठमाडौँको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तेस्रो चीन महोत्सव हुने भएको छ। चिनियाँ दूताबासको संयोजनमा आयोजना हुने उक्त महोत्सव सेप्टेम्बर 12 तारिखदेखि 22 तारिखसम्म रहनेछ।

          चिनियाँ दूताबासले सि.आर.आई.लाई दिएको जानकारी अनुसार चीन महोत्सव नेपालमा चीनलाई चिनाउने सबैभन्दा प्रभावकारी माध्यम हुनेछ। यसभन्दा अगाडि चिनियाँ दूताबासको संयोजनमा आयोजना भएको पहिलो र दोस्रो चीन महोत्सव पूर्ण रुपमा सफल भएको र अब हुने तेस्रो चीन महोत्सव विगतमा भन्दा बढी प्रभावकारी हुने कुरालाई दूताबासले जोड दिएको छ।

          अहिले चीन महोत्सवको तयारी द्रुत गतिमा अगाडि बढिरहेको छ। चीनका ख्यातिप्राप्त कलाकारहरु चिनियाँ संस्कृतिलाई प्रस्तुत गर्नका लागि अभ्यासमा जुटिरहेका छन्। त्यसैगरी प्रदर्शनीमा राखिने विभिन्न वस्तुहरु चीनबाट नेपालमा ल्याउने काम पनि भइरहेको छ। तेस्रो चीन महोत्सवको मुख्य आकर्षणका रुपमा आगामी वर्ष चीनमा आयोजना हुने ओलम्पिक खेलकूद पनि रहनेछ।

          चिनियाँहरुको जीवनशैली देखाउने खालका झाँकीहरु, गीतसङ्गीतहरु, परम्परागत चिनियाँ ओपेराहरु, चित्रकलाहरु प्रदर्शनीमा राखिनेछन्। त्यसैगरी चिनियाँ पर्यटन क्षेत्रका आकर्षणहरु, कृषि तथा वातावरणका दृश्यहरु, शहर तथा गाउँका बासिन्दाको जीवनस्तरका साथै विज्ञान तथा प्रविधिमा चीनले हालसम्म हासिल गरेका उपलब्धीलाई पनि प्रदर्शनीमा राखिनेछ। वर्तमान समयमा चिनियाँ उत्पादनले संसारमै प्रभुत्व जमाइसकेको छ। त्यसकारण नेपालमा लोकप्रिय मानिएका चिनियाँ उत्पादनलाई पनि चीन महोत्सवमा प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।

          तेस्रो चीन महोत्सवलाई सफल बनाउनका लागि सबै नेपाली सञ्चारमाध्यमको सहयोगलाई चिनियाँ दूताबासले महत्वपूर्ण मानेको छ। त्यसकारण तयारी कार्यसँगसँगै यसको प्रचारप्रसारलाई पनि अगाडि बढाउने निर्णय दूताबासले गरेको छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040