china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली बाढी पीडितहरुका लागि चीन सरकारले सहयोग उपलब्ध गराउने भएको छ
    (GMT+08:00) 2007-08-15 13:30:15    

          नेपालका वाढी पीडितहरुका लागि चीन सरकारले सहयोग उपलब्ध गराउने भएको छ। चीन सरकारले चिनियाँ रेडक्रस सोसाइटी माफत नेपाल रेडक्रस सोसाइटीलाई दुई लाख चिनियाँ युवान सहयोग दिने निर्णय गरेको काठमाडौँ स्थित चिनियाँ दूताबासले सि.आर.आई.लाई बतायो।

          लगभग 17 लाख नेपाली रुपैयाँ बराबरको उक्त सहयोग नेपालको तराई क्षेत्रमा भएको बाढी र पहिरोबाट पीडित व्यक्तिका लागि सहयोग गरिएको चिनियाँ दूताबासले सि.आर.आई.लाई बताएको छ। नेपालका बाढी पीडितहरुलाई अन्तर्राष्टि्रय सहयोग जुटाउने क्रममा गत अगष्ट 3 तारिखमा परराष्ट्र मन्त्री सहाना प्रधानले नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनलाई भेटी नेपालमा बाढी तथा पहिरोको समस्या रहेको बताउँदै सहयोग गर्न अनुरोध गर्नुभएको थियो।

          चीन सरकारले नेपाललाई एउटा अशल छिमेकी राष्ट्रका रुपमा हेरेको र नेपाली जनताको दु:खलाई नजिकबाट अनुभूति गरेको भन्दै चिनियाँ दूताबासले भनेको छ बाढीबाट नेपालमा भएको धनजनको क्षतिप्रति चीन सरकारले गहिरो सहानुभूति प्रकट गरेको छ। चीनमा पनि गम्भीर बाढीको समस्या रहेको स्मरण गराउँदै चिनियाँ जनताको तफबाट बाढी पीडित नेपाली जनतालाई निस्वार्थ सहयोग गर्ने र मित्रभाव प्रदर्शन गर्ने काममा चिनियाँ जनता कहिल्यै पछि नपर्ने पनि दूताबासले जनाएको छ।

          यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतले पनि बाढी पीडित नेपाली जनतालाई सहयोग सामग्री उपलब्ध गराउने निर्णय गरेको छ। तीन लाख चिनियाँ युयान अर्थात् 26 लाख नेपाली रुपैयाँ बराबरको विभिन्न सामग्रीहरु तिब्बती स्थानीय सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी चिनियाँ दूताबासले दिएको छ। सामग्रीहरुमा बाढी पीडितका लागि उपयोगी कम्बल, पाल तथा सफा पिउने पानी र खाने कुराहरु रहनेछन्। दुबै सहयोगलाई भोलि 15 तारिख बुधबार परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत चङ्ग सियाङलिनले परराष्ट्र मन्त्री सहाना प्रधानलाई हस्तान्तरण गर्नुहुनेछ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040