नेपालमा परेको हरेक विपतका बेला चीनले गरेको सहयोग महत्वपूर्ण हुने कुरा परराष्ट्र मन्त्री सहाना प्रधानले बताउनुभएको छ। आज परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत चङ्ग सियाङलिनले बाढी पीडितका लागि दिनुभएको सहयोग लिँदै परराष्ट्र मन्त्री प्रधानले नेपाली जनता र नेपाल सरकारको तफबाट चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिनुभयो।
परराष्ट्र मन्त्री प्रधानले नेपालको अशल छिमेकी राष्ट्र चीनले गरेको यस प्रकारको सहयोगले अन्तर्राष्टि्रय क्षेत्रलाई नेपालमा परेको प्राकृतिक प्रकोपका पीडितलाई सहयोग गर्न अझै उत्प्रेरित गरेको बताउनुभयो। यतिखेर चीनमा पनि बाढी र पहिरोको समस्या परेको उल्लेख गर्दै मन्त्री प्रधानले नेपाली जनता र नेपाल सरकारको तफबाट गहिरो दु:ख व्यक्त गर्नुभयो। बिगत केही समययता नेपालमा भएको प्राकृतिक विपत्ति ढीपहिरो पीडितहरुका लागि चीन सरकारले चिनियाँ रेडक्रस सोसाइटीमाफत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्ने अठार लाख नेपाली रुपैयाँ बराबरको चेक राजदूत चङ्गले परराष्ट्र मन्त्री प्रधानलाई हस्तान्तरण गर्नुभयो। यसका साथै चीनको स्वशासित क्षेत्र तिब्बतले बाढीपीडितहरुका लागि सहयोग स्वरुप दिएको सत्ताईस लाख नेपाली रुपैयाँ बराबरको सहयोग सामग्री पनि परराष्ट्र मन्त्री प्रधानले ग्रहण गर्नुभयो । सहयोग सामग्रीमा बाढी पीडितका लागि कम्बल, पाल, सफा पिउने पानी तथा खाने कुरा रहेका छन्।
सहयोग हस्तान्तरण गर्दै नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले चीनमा पनि बाढी पहिरोको विपत्ती परिरहेको बेला नेपाली जनताको दु:खलाई छिमेकी राष्ट्रको हैसियतले सहानुभूति र दु:ख प्रकट गर्दै यो सानो सहयोग गरेको बताउनुभयो । नेपाललाई परेका हरेक दु:खका घडीमा चीन सरकार र चिनियाँ जनता सहयोग गर्न तयार रहेको पनि उहाँले व्यक्त गर्नुभयो ।
उक्त दुबै सहयोगलाई परराष्ट्र मन्त्री सहाना प्रधानले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापालाई आजै हस्तान्तरण गर्नुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|