china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले यो वर्ष 45 जना नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गरेको छ
    (GMT+08:00) 2007-08-17 19:38:30    

          चीन सरकारले यो वर्ष 45 जना नेपाली विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। चिनियाँ सरकारले नेपाल सरकारको शिक्षा मन्त्रालयमाफत नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । वितगका तुलनामा यो वर्ष चीन सरकारले दिएको छात्रवृतिको संख्या उल्लेख्य रुपमा बढेको हो।

          शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिव तथा प्रवक्ता लवप्रसाद त्रिपाठीले सि.आर.आई.लाई दिनुभएको जानकारी अनुसार चालु वर्ष सन्‍ 2007 मा चीनमा गएर अध्ययन गर्न पाउने 45 जना जना विद्यार्थीहरुमा चिकित्साशास्त्र संकायमा स्नातक गर्नका लागि तीनवटा छात्रवृत्ति छन् भने चिकित्साशास्त्र संकाय अन्तर्गत नै विभिन्न विषयमा स्नातकोत्तर तहका त्रिचालीसवटा छात्रवृत्ति रहेका छन् ।

          चीन सरकारले नेपालको शिक्षा तथा खेलकूद मन्त्रालयमाफत सन्‍ 2004 मा 6 वटा स्नातक तहका लागि र 14 वटा स्नातकोत्तर तहका गरी जम्मा बीसवटा छात्रवृत्ति प्रदान गरको थियो । त्यसैगरी सन्‍ 2005 मा दसवटा स्नातक तहका लागि र 15 वटा स्नातकोत्तर तहका गरी जम्मा पच्चीसवटा छात्रवृत्ति प्रदान गरको थियो । गतवर्ष सन्‍ 2006 मा 4 वटा स्नातक तहका र 11 वटा स्नातकोत्तर तहका गरी जम्मा 15 वटा छात्रवृत्ति प्रदान गरेको थियो। यो वर्ष गतवर्षभन्दा यो वर्ष चीन सरकारले तेब्बर बढी 45 वटा छात्रवृत्ति नेपाललाई प्रदान गरेको हो।

          शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिव तथा प्रवक्ता लवप्रसाद त्रिपाठीका अनुसार चीनमा गएर प्राविधिक शिक्षा लिएर नेपाल फर्किएका विद्यार्थीहरुले विभिन्न क्षत्रमा गुणस्तरीय सेवा प्रदान गरिहेका छन्। यसै कारणले पनि चीनमा गएर उच्च शिक्षा लिन विद्यार्थीहरुमा चासो र रुचि क्रमश: बढिरहेको देखिन्छ। सरकारी निकायबाहेक गैर सरकारी तथा नेपाली चीन मैत्री संघसंस्थाहरुले पनि चीनमा अध्ययन गर्नका लागि नेपाली विद्यार्थीहरुलाई विभिन्न संख्यामा छात्रवृत्ति प्रदान गरिरहेका छन्।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040