तिब्बतमा एउटा तिब्बती कुखुराको मूल्य चालीसदेखि पचास चिनियाँ युआनसम्म पर्छ भने एउटा अण्डाको मूल्य एक चिनियाँ युआन जति। तिब्बती कुखुरा पालन व्यवसायको भविष्य निकै उज्ज्वल देखिन्छ। यसबारे चर्चा गर्दै तिब्बतका एकजना अधिकारी यांग तो स्याँगले भन्नुभयोः

"तिब्बती किसान तथा पशु-पालकहरुको आम्दानी बढाउने उद्देश्यले हाम्रो कुंबुच्यांगता जिल्लाले विशेष पशुपालन व्यवसायको विकास जोडतोडका साथ गरेको छ। यस प्रयोजनका लागि हामीले चीनको भित्री भागमा पर्ने छुंग छिंग शहरबाट एउटा कम्पनीलाई भित्र्याएका छौं। सो कम्पनीले हाम्रो जिल्लामा कुखुरा पालन कारखानाको स्थापना गरेको छ। सो कारखानाबाट उत्पादित वस्तुहरु हाल जापानमा पनि निर्यात गरिएका छन। सो कारखानाको स्थापना भएको केही महिनासम्ममा हाम्रो जिल्लाले एक अरब पचहत्तर हजार अमेरिकी डलर बराबरको आम्दानी प्राप्त गरेको छ।"
कुंबुच्यांगता जिल्लाको चुंगशा गाउँका जिम्मेवार व्यक्ति काउ को छुनले श्रीमती याङचिन हाल आफ्नो गाउँका एकजना दक्ष व्यक्ति बनिसक्नुभएको कुरा बताउँदै श्रीमती याङचिन जस्तै आफ्ना गाउँका अझ बढी किसानहरुलाई कुखुरा पालनका माध्यमबाट धनी पार्नका लागि आफ्नो सरकारले रकम तथा प्रविधि आदि क्षेत्रमा तिनीहरुलाई सहायता प्रदान गर्ने जानकारी दिदै भन्नुभयोः

"हाम्रो जिल्लाको कृषि तथा पशुपालन ब्यूरोले किसानहरुलाई प्रत्यक्ष रुपमा प्राविधिक सहयोग गर्नेगरेको छौं। किसानहरुले आफ्ना कुखुरालाई रोग लागेको खण्डमा सम्बन्धित संस्थामा जानकारी दिनुपर्छ। त्यसो भएमा हाम्रा जिल्लाका सम्बन्धित विभागहरुले रोग निवारणका लागि प्राविधिज्ञहरुलाई पठाउने गर्दछ।"
कुंबुच्यांगता जिल्लाको विशेष पशुपालन व्यवसाय हाल प्रारम्भिक चरणमा छ। हाल सारा जिल्लामा तिब्बती कुखुरा पाल्ने परिवारहरुको संख्या तीन सय जति छ। त्यहाँका धेरैजसो किसान तथा पशुपालकहरुले अझै पनि तिब्बती जडिबुटी र च्याउ खोजेर जीवन निर्वाह गरिरहेका छन। कुखुरा पालनबारे स्थानीय किसान तथा पशुपालकहरुलाई उत्प्रेरित गर्नका लागि स्थानीय सरकारले केही कदमहरु पनि चालेका छन। यसबारे जानकारी दिंदै कुंबुच्यांगता जिल्लाका अधिकारी यांग तो स्यांगले भन्नुभयोः
"हामीले तिब्बती कुखुरा पाल्नचाहने तिब्बती किसान तथा पशुपालकहरुलाई ठूलो समर्थन तथा सहयोग गर्नेगरेका छौं। उदाहरणका लागि, तिब्बती कुखुरा पाल्ने किसान वा पशुपालकहरुले कुखुरा बेच्न चाहेमा हामीले तिनलाई प्रति कुखुरा पाँच चिनियाँ युआन दिनेगरेका छौं।"

श्रीमती याङचिन आगामी दिनमा एउटा तिब्बती कुखुरा पालन उद्योगको स्थापना गर्न इच्छुक हुनुहुन्छ। आफूले पालेका तिब्बती कुखुरालाई तिब्बत, चीनको भित्री भाग र सारा विश्वमा निर्यात गर्नसक्ने आशा पनि उहाँले गर्नुभएको छ।
|