china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यो वर्ष चीनमा आएर उच्च शिक्षा अध्ययन गर्न पाउने नेपाली विद्यार्थीहरुलाई अरनिको समाजले बिदाइ समारोहको आयोजना गर्ने भएको छ
    (GMT+08:00) 2007-08-23 20:12:02    
              सन् 2007 मा छात्रवृत्त पाएर चीनमा गई उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई अरनिको समाजले बधाई तथा शुभकामना समारोहको आयोजना गर्ने भएको छ । शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपाल तथा नेपालका लागि चिनियाँ राजदूत च सियाङ्गलनले आगामी 24 तारिख शुक्रबार छात्रवृत्त पाएका विद्यार्थीहरुलाई संयुक्त रुपमा बधाई र शुभकामना दिँदै बिदा गर्नुहुनेछ । अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनुभए अनुसार हरेक वर्ष चीनमा अध्ययन गर्न छात्रवृत्त पाएका नेपाली विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै बिदा गर्ने कार्यक्रमको आयोजना समाजले गर्दै आएको छ ।

              यही अगष्ट 24 तारिख शुक्रबार अपरान्ह शिक्षा तथा खेलकूद मन्त्री प्रदीप नेपालले छात्रवृत्त पाएर चीनमा अध्ययन गर्न जाने सबै 45 जना विद्यार्थीहरुलाई बधाई दिनुहुनेछ भने राजदूत च सियाङ्गलनले चीनमा आफ्नो अध्ययन सफल पार्न शुभकामना दिँदै हवाइ टिकट र भिसा प्रदान गर्ने कार्यक्रम रहेको अरनिको समाजका अध्यक्ष शाहले बताउनुभयो । छात्रवृत्त पाउनु भएका 45 जना विद्यार्थीहरु आगामी सेप्टेम्बर 9 तारिमा चीन जाँदै हुनुहुन्छ । अरनिको समाज चीनमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुको साझा सरुन हो ।

              यो वर्ष चीनमा गएर अध्ययन गर्न पाउने 45 जना जना विद्यार्थीहरुमा चिकित्साशास्त्र संकायमा स्नातक गर्नका लागि तीनवटा छात्रवृत्त छन् भने चिकित्साशास्त्र संकाय अन्तर्गत नै विभिन्न विषयमा स्नातकोत्तर तहका त्रिचालीसवटा छात्रवृत्त रहेका छन् । बिगतका वर्षहरुका तुलनामा यो वर्ष चीन सरकारले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तकि संख्या बढाएको छ। चीनले नेपालको शिक्षा तथा खेलकूद मन्त्रालयमाफत सन् 2004 मा बीसवटा छात्रवृत्त प्रदान गरको थियो । त्यसैगरी सन् 2005 मा पच्चीसवटा छात्रवृत्त प्रदान गरको थियो भने गतवर्ष सन् 200६ मा 15 वटा छात्रवृत्त प्रदान गरेको थियो ।

               चेतनाथ आचार्य

              सि.आर.आई.

              काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040