चीनको परराष्ट्र मन्त्रायलका प्रवक्ता श्रीमती च्याङ युले हिजो पैचिङ्गमा बोल्दै सुदूर-पूर्वी अन्तर्राष्ट्रिय सैनिक अदालतले जापानी सैन्यवादमाथि चलाएको मुद्दा न्यायोचित आवाजको प्रतिनिधित्व भएको विचार व्यक्त गर्नुभयो।
थाहा भएअनुसार, जापानी प्रधान मन्त्री सिन्चो आबेले तीन दिनअघि भारतको भ्रमण गर्नुहुँदा सुदूर-पूर्वी अन्तर्राष्ट्रिय सैनिक अदालतमा जापानी ख श्रेणीका युद्ध अपराधी निरपराध भएको विचार लिएका भारतीय न्यायाधिश राधाबिनोद पालका सन्तानसँग विशेष रुपमा भेट गर्नुभएको थियो।
उक्त भेटबारे चर्चा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले सुदूर-पूर्वी अन्तर्राष्ट्रिय सैनिक अदालतको गम्भीर मुद्दाले जापनी जनतालगायत विश्वका विभिन्न मुलुकका जनताले शान्ति-प्रेमी तथा युद्ध-विरोधी मानिसहरुको आवाजको प्रतिनिधित्व गरेको कुरा बताउनुभयो। साथै उहाँले यो दोस्रो विश्व युद्धपछि जापान अन्तर्राष्ट्रिय समाजमा फर्कने महत्वपूर्ण आधार पनि हो भन्ने ठहर व्यक्त गर्नुभयो।
|