विश्व आर्थिक मञ्चको तत्वावधानमा आयोजित हुने पहिलो "डाभोसबाट ता लेनसम्म— नयाँ पथ प्रदर्शकको वार्षिक बैठक" अर्थात "गृष्म डाभोस मञ्च" आगामी सेप्टेम्बर छ तारिखदेखि आठ तारिखसम्म उत्तरी चीनको ता लेन शहरमा आयोजित हुनेभएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले उक्त बैठकलाई सम्बोधन गर्नुहुने कुराको जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज दिनुभएको छ।
उक्त बैठकको नारा "परिवर्तित शक्तिको असन्तुलन" हो। उक्त बैठकमा विश्वव्यापी वाणिज्यको वातावरण, चीनको आर्थिक विकास, उद्यमी-व्यवसायहरुको विश्व बजारमा प्रवेश आदि विषयहरुबारे छलफल गरिने छ।
|