china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्टि्रय समितिका उपाध्यक्षले नेपालको भ्रमण गर्नुहुने भएको छ।
    (GMT+08:00) 2007-08-29 13:37:52    

          चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय कमिटिका उपाध्यक्ष वाङ्ग चोङ्गयुले नेपालको भ्रमण गर्नुहुने भएको छ। काठमाडौँस्थित चिनियाँ दूताबासले सि.आर.आई.लाई बताए अनुसार आउँदो सेप्टेम्बर महिनाको चौथो हप्तामा उपाध्यक्ष वाङ्गले नेपालको भ्रमण गर्ने निश्चित भएको छ।

              नेपालको व्यवस्थापिका संसदको निमन्त्रणामा भ्रमण गर्न लाग्नु भएका उपाध्यक्ष वाङ्गले अति उच्च स्तरीय एक प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ। उपाध्यक्ष वाङ्गले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डल आगामी सेप्टेम्बर 24 तारिखमा भारतको नयाँ दिल्लीबाट नेपाल आएर 26 तारिखमा चीन फर्कनेछ । उपाध्यक्ष वाङ्गले नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा व्यवस्थापिका संसदका सभामुख सुवासचन्द्र नेम्बाङसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनको भ्रमण गर्ने चर्चा चलिरहेको बेला उपाध्यक्ष वाङ्गको नेपाल भ्रमणले दुई देशबीचको पारस्पारिक सहयोगमा उर्जा थप्ने राजनीतिक विश्लेषण गरिएको छ।

              नेपालको अशल छिमेकी राष्ट्र चीनले परम्परादेखि नै नेपाललाई सहयोग गर्दै आएको छ। केही दिन अगाडि नेपालको बाढी पहिरोको प्रकोपमा पनि चीनले उल्लेख्य सहयोग प्रदान गरेको छ। साथै आसन्न संविधानसभाको निर्वाचनमा पनि चीन सकारले विभिन्न सामग्री प्रदान गरेर सहयोग गर्ने बताइसकेको छ।

              चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष वाङ्गको भ्रमणले नेपाल र चीनबीचको संसदीय विकासमा थप टेवा पुग्ने कुरा संसद सचिवालयका सहसचिव जयनारायण नेपालले सि.आर.आई.लाई बताउनुभयो। उपाध्यक्ष वाङ्गको नेपाल भ्रमणले आगामी नोभेम्बर महिनामा हुने संविधानभसाको निर्वाचनमा थप चिनियाँ सहयोग पुग्ने आशा पनि गरिएको सहसचिव नेपालले व्यक्त गर्नुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040