चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले "संयुक्त राष्ट्र संघमा संलग्न हुन आम निर्वाचन गर्न चाहने" थाइवानेली सत्ताधारीको विरोध गर्ने कुरालाई हालैका केही वर्षदेखि यता बारम्बार दोहर्याएकोमा अमेरिका सरकारको अडानको चीनले सराहना गर्दछ भन्नुभयो।
हिजो पैचिंगमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा प्रवक्ता लिउले उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता लिउले भन्नुभयो- " स्वतन्त्र थाइवान पक्षधर"को विरोध गर्नु र यसलाई नियन्त्रित गर्नु थाइवान जल डमरु तथा एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्नका लागि अति महत्वपूर्ण छ, जुन चीन र अमेरिकाको साझा हितसित अनुकूल छ। छन श्वै पेनले कुनियतका साथ "संयुक्त राष्ट्र संघमा संलग्न हुन आम निर्वाचन" गर्ने जस्ता गतिविधि जन इच्छा विपरित छ र त्यो निश्चय नै विफल हुनेछ।
|