china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले जलवायु तथा मौसमसम्बन्धी अत्याधुनिक प्रविधियन्त्र नेपाल सरकारलाई प्रदान गरेको छ
    (GMT+08:00) 2007-09-03 17:04:20    
             चिनियाँ मौसम विज्ञान प्रशासनले जल तथा मौसम विज्ञान विभागलाई अत्याधुनिक भूउपग्रहीय प्रविधिको सामग्री प्रदान गरेको छ । आज चिनियाँ दूताबास वालुवाटारमा आयोजित एक समारोहमा नेपालका लागि चिनियाँ राजदूत चंग सियांग लिनले चिनियाँ मौसम प्रशासनले प्रदान गरेको भूउग्रहीय प्रविधिलाई जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. मदनलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

                  हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चंग सियांग लिनले युगौँदेखिको नेपाल र चीनबीचको सम्बन्धकै क्रममा यस्ता उपकरणको सहयोग गरिएको बताउनुभयो । मौसम परिवर्तन अहिले विश्वमै तातो वहसको विषय बनेको बताउँदै राजदूत चंगले भन्नुभयो नेपालमा भइरहेको प्राकृतिक प्रकोपलाई न्युन गर्न यो प्रविधि महत्वपूर्ण हुनेछ ।

                  प्रविधिलाई ग्रहण गर्दै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. मदनलाल श्रेष्ठले भन्नुभयो चिनियाँ सयहोगले गर्दा अब नेपाल पनि मौसम मापनमा विश्वकै आधुनिक संयन्त्र प्रयोग गर्न सक्षम भएको छ । चीनले प्रदान गरेको आधुनिक प्रविधिबाट अन्तरिक्षबाट नेपालको भूसतहमा भएको मौसमको जानकारी लिने तथा तस्बिर खिचेर मौसमको भविष्यवाणी गर्न सकिने भएकाले व्यवहारपयोगी भएको पनि उहाँले व्यक्त गर्नुभयो ।

                   समारोहमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव लक्ष्मण मैनालीले सहयोगका लागि नेपाल सरकारको तफबाट चिनियाँ सरकारलाई धन्यवाद दिनुभयो । चीनको मौसम विज्ञान प्रशासनले प्रदान गरेको एफ.वाई.टु.डि.को उपकरणले अन्तरिक्षबाट नेपालको परिधिमा रहेको भूगोलको तस्बिर खिचेर प्रत्येक घण्टामा कम्प्युटरमा पठाउनेछ । तस्बिरका साथसाथै बादलको घनत्व, तापक्रम र वर्षाको पूर्व सूचना पनि यथार्थ रुपमा यस प्रविधिले दिनेछ । यसबाट आँधीबेहेरी, वृहत वर्षा, तथा सुख्खापनको निश्चित भविष्यवाणी गर्न सकिनेछ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040