china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आज सम्पन्न भएको 14 औं पैचिङ्ग अन्तर्राष्ट्रियय पुस्तक मेलामा नेपालको सहभागिता महत्वपूर्ण रह्यो
    (GMT+08:00) 2007-09-04 18:41:30    

            चीनको राजधानी पैचिङ्गमा आयोजित 14 औं पैचिङ्ग अन्तर्राष्ट्रियय पुस्तक मेलामा नेपालले पहिलो पटक भाग लिएको छ । गत अगष्ट तीस तारिखदेखि आज सेप्टेम्बर 3 तारिखसम्म सञ्चालित यस अन्तर्राष्ट्रियय पुस्तक मेलामा 58 वटा देशहरुले भाग लिएका छन् । सम्पादक समाज नेपालका अध्यक्ष देवेन्द्र गौतमको नेतृत्वमा 7 सदस्यीय प्रतिनिधिमण्डल उक्त अन्तर्राष्ट्रियय पुस्तक मेलामा भाग लिन चीन गएको छ ।

                 स्टल नं. एक सिके 1२ रहेको नेपालको प्रदर्शनी कक्षमा 75 वटा पुस्तकहरु प्रदर्शनमा राखिएका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, अर्थमन्त्री रामशरण महत, विद्बान तथा वरिष्ठ राजनीतिक नेता स्व. डा. डिल्लीरमरण रेग्मीले लेख्नु भएका पुस्तकहरु प्रदर्शनीमा राखिएको सम्पादक समाज नेपालका अध्यक्ष देबेन्द्र गौतमले सि.आर.आई.लाई बताउनुभयो । यसका अतिरिक्त चीन अध्ययन केन्द्रारा प्रकाशित चीन सम्बन्धी पुस्तकहरुका साथै नेपालबाट प्रकाशित हुने दैनिक पत्रपत्रिका पनि प्रदर्शनीमा राखिएका थिए ।

                 14 औं पैचिङ्ग अन्तर्राष्ट्रिय पुस्तक मेलामा नेपालको परिचय बनेको गौतम बुद्धको मूर्तिका साथै पशुपतिनाथ, स्वयंम्भूनाथ, लुम्बिनी र वौद्धनाथ मन्दिरको पनि प्रदर्शन गरिएको थियो । यति मात्र होइन प्रदर्शनी कक्षमा नेपाली लोकगीतका क्यासेट घन्किदाँ अवलोकन कर्ताको ध्यानलाई तान्न सफल भएको देखिन्थ्यो ।

                  चिनियाँ सम्पादक समाज र चिनियाँ सञ्चार मन्त्रालयको प्रेस तथा प्रकाशन प्रशासन महाशाखाको निमन्त्रणामा प्रदर्शनीमा गएको नेपाली प्रतिनिधिमण्डललाई चिनियाँ सरकारले विशेष महत्व दिएको अध्यक्ष गौतमले सि.आर.आई.लाई बताउनुभयो । उक्त मेलाको सफलताका लागि नेपाल सरकारका परराष्ट्र मन्त्री सहाना प्रधानले शुभकामना सन्देश प्रतिनिधिमण्डल माफत पठाउनु भएको थियो । पैचिङ्ग अन्तर्राष्ट्रियय पुस्तक मेलाबाट चिनियाँ अनुभव नेपालीहरुका लागि अनुकरणीय रहेको पनि उहाँले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040