चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस वर्ष चीन-जापान बीचको दौत्य सम्बन्धको सामान्यीकरण भएको तैंतीसौं वार्षिकोत्सव र चीन-जापान सांस्कृतिक खेलकूदको आदान-प्रदान वर्ष भएको बेलामा चीन-जापान सम्बन्धमा महत्वपूर्ण विकासो मौका देखा परेको कुरा बताउनुभयो।
उहाँकाअनुसार, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिनले यसै महिनाको बाह्र तारिखदेखि अठार तारिखसम्म जापानको भ्रमण गर्नुहुने छ। चीन-जापान बीचको तीन वटा महत्वपूर्ण राजनैतिक दस्ताबेजका आधारमा जापानसँग विभिन्न क्षेत्रको आदान-प्रदान र सहयोगलाई अघि बढाउनुका साथै चीन र जापान बीचको सम्बन्ध स्थीर तथा स्वस्थ रुपले विकास गर्न चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता च्यांगले बताउनुभयो।
|