चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमति च्यांग युले आज पैचिङमा बोल्दै चीन सरकारले समान, बैज्ञानिक तथा वार्ताको सिद्धान्त अनुसार उत्पादित बस्तुको क्वारेन्टाइन समस्याको समाधान गर्ने अडान लिएको कुरा वताउनुभयो।
दक्षिण-पूर्वी एशियाका केही मुलुकहरुले खाद्य पदार्थको सुरक्षा समस्याको सामना गर्दा चीनले विकसित मुलुक तथा विकासोन्मुख मुलुकप्रति विभिन्न धारणा लिएको आरोप लगाएका छन्। श्रीमति च्यांग युले यस समाचारप्रति प्रतिकृया दिंदै उक्त कुरा वताउनुभएको हो।
उहाँका अनुसार, चीन सरकारले आयात र निर्यातको बस्तु चीनको ऐन, कानून एवम् नियम तथा सम्बन्धित मापदण्ड अनुकुल रहनुपर्ने आग्रह गर्नुका साथै उद्गम मुलुक तथा क्षेत्रका मापदण्ड अनुकुल रहनुपर्ने आग्रह गरेको छ।
|