चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले छ तारिखका दिन पैचिंगमा बोल्दै विभिन्न मुलुकहरुको आपसी विश्वासमा आधारित भएर मेलमिलाप र स्थायीत्वको एशिया र प्रशान्त क्षेत्रले यस क्षेत्रका विभिन्न मुलुकहरुको साझा हितका लागि अनुकूल रहेको छ भन्नुभयो ।
छ तारिखको पत्रकार सम्मेलनमा केही दिनअघि अमेरिका , भारत आदि पाँच वटा मुलुकको संयुक्त सैनिक अभ्यास सम्बन्धी प्रश्नको जवाफ दिंदा श्रीमती च्यांग युले अहिलेको विश्वको परिस्थितिमा विभिन्न मुलुकहरुले सुरक्षाको नयाँ दृष्टिकोण लिनुका साथै आपसी विश्वास , आपसी हित ,समानता र सहायताको आधारमा वार्ता र सहयोग गर्नुका साथै सबैको सुरक्षालाई साकार तुल्याउंदै संयुक्त विकासलाई घच्घच्याउनुपर्छ भन्नुभयो । विभिन्न मुलुकहरुसित मिलेर वार्ता र सहयोग मार्फत सबैको विजय होस भन्ने कुरामा चीन इच्छुक छ ।
|