china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको राष्ट्रिय समाचार समिति र चीनको सिन्ह्वा समाचार समितिबीच आपसी छलफल भएको छ
    (GMT+08:00) 2007-09-07 19:03:21    

            चीनको सिन्ह्वा समाचार समिति र नेपालको राष्ट्रिय समाचार समितिबीच आज छलफल भएको छ । राष्ट्रिय समाचार समितिको कार्यकक्षमा आज अपरान्ह दुईपक्षीय सम्बन्धलाई बिस्तार गर्ने बारेमा छलफल भएको हो । चीनबाट नेपाल भ्रमणमा आएको सिन्ह्वाको चार सदस्यीय प्रतिनिधिमण्डले राष्ट्रिय समाचार समितिका अध्यक्ष तारानाथ दाहाललाई उपहार स्वरुप कम्प्युटर पनि प्रदान गरेको छ ।

                  नेपालको राष्ट्रिय समाचार समिति र चीनको सिन्ह्वा समाचार समितिबीचमा लामो समयदेखि अत्यन्त घनिष्ट सम्बन्ध स्थापना भएको छ । प्रतिनिधिमण्डलका नेता तथा सिन्ह्वा समाचार समिति जनशक्ति विभागका महानिर्देशक लिउ वाईले नेपालको राष्ट्रिय समाचार समितिसँग मिलेर काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । दुई देशबीचको सम्बन्धको जति महत्व छ त्यति नै महत्व समाचार आदानप्रदानमा रहेको बताउँदै लिउले भन्नुभयो। हामी एक अर्कामा अनुभव साटासाट गर्न आएका हौँ । उहाँले राष्ट्रिय समाचार समितिलाई दुईवटा कम्प्युटर र एउटा प्रिन्टर उपहार पनि प्रदान गर्नुभयो ।

                  राष्ट्रिय समाचार समिति र सिन्ह्वा समाचार समितिबीचको यो नियमित भ्रमण हो । सिन्ह्वाले राष्ट्रिय समाचार समितिका अध्यक्ष तारानाथ दाहाललाई चीन भ्रमण गर्ने निम्तो पनि दिएको छ । सिन्ह्वा समाचार समितिको प्रतिनिधिमण्डलले राष्ट्रिय समाचार समितिको समाचार कक्ष, सम्पादन कक्ष, प्रशासन विभाग तथा बजार व्यवस्थापन विभागको पनि अवलोकन गर्‍यो।

                 परम्परादेखि स्थापित सम्बन्धलाई अझै सुदृढ पार्नका लागि यस खालका भ्रमणको महत्व रहेको राष्ट्रिय समाचार समितिका अध्यक्ष तारानाथ दाहालले बताउनुभयो । अध्यक्ष दाहालले एक्काईसौँ शताब्दीमा विश्वलाई सानो गाउँमा परिणत गर्नका लागि समाचार माध्यम र समाचार एजेन्सीले काम गरेको बताउँदै सिन्ह्वा संसारकै ठूला समाचार समितिमध्ये एक रहेको पनि बताउनुभयो । राष्ट्रिय समाचार समितिलाई सहयोग गरेकोमा धन्यवाद दिँदै सिन्ह्वा समाचार समितिका समाचार नेपालमा निकै लोकप्रिय रहेको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040