चीन, अमेरिका र रुसका विशेषज्ञहरु सम्मिलित एउटा विशेषज्ञ टोली उत्तर कोरियाको आणविक प्रबन्धलाई निश्क्रिय पार्ने ठोस विषयबारे उत्तर कोरियाका विशेषज्ञसँग छलफल गर्न आज उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेको छ। पैचिङमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले उक्त कुराको जानकारी दिनुभएको हो।
अमेरिकी सहायक विदेश मन्त्री क्रिस्टोफर हिलले यसै महिनाको आरम्भमा बोल्दै अमेरिका तथा उत्तर कोरियाबीचको वार्तापछि उत्तर कोरियाले यसै वर्षको अन्त्यसम्म आफ्नो आणविक योजना तथा सम्पूर्ण आणविक प्रबन्धलाई "निश्क्रिय पार्न" सहमति जनाएको कुरा वताउनुभएको थियो।
कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी छैठौं चरणको छ-पक्षीय वार्ताको दोश्रो अवधिको सम्मेलनको आयोजना गर्ने मितिबारे चर्चा गर्दै श्री च्यांग युले ठोस मितिबारे छलफल गर्नुपर्ने कुरा वताउनुभयो।
|