
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले दलाइ लामा धार्मिक मकुण्डो लगाएर मातृ-भूमिलाई टुक्याउने गतिविधि चलाइरहेको राजनीतिक निर्वासित व्यक्ति हो भन्दै सम्बन्धित मुलुकले त्यसको स्वभावलाई स्पष्टसँग बुझ्ने र मातृ-भूमिलाई टुक्र्याउनखोज्ने दलाइ गूटको कर्तुतका लागि ठाउँ र सुविधा उपलव्ध नगराउने आशा चीनले गरेको कुरा पुनः दोहर्याउनुभएको छ। आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा दलाइ लामाले भोलि पोर्तुगलको भ्रमण गर्ने सम्बन्धमा पत्रकारको प्रश्नको उत्तर दिंदै उहाँले उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता च्याँग यूले भन्नुभयो- प्राचीन कालदेखि नै तिब्बत चीनको भू-भाग रहिआएको छ र तिब्बत समस्या चीनको आन्तरिक मामिला हो। यो अन्तर्राष्ट्रिय समाजमा सर्वव्यापी समान विचार हो। दशौं वर्षदेखि यता दलाइ लामाले गर्नेगरेको गन्थनबाट उसले जस्तोसुकै नाउँमा र कुनै पनि ठाउँमा चलाउने गतिविधि खालि चोखो व्यक्तिगत धार्मिक कारवाई नभई त्यो मातृ-भूमिलाई टुक्र्याउन खोज्ने र तिब्बतको स्वतन्त्रताको ढ्वांग फुकिहिंड्ने राजनीतिक शक्तिको प्रतिनिधित्व हो भन्ने कुरा प्रमाणित भएको छ, र यसैले चीन दृढताका साथ यसको विरोध गर्दछ।
|