चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याँग युले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तान सरकारले सामाजिक स्थीरता र आर्थिक विकासलाई कायम राख्नसक्ने विश्वास चीनले लिएको कुरा वताउनुभयो। श्रीमती च्याँग युले पत्रकारको सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त कुरा वताउनुभएको हो।
विदेशमा सात वर्षसम्म निर्वासित भएका पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री नावाज शारिफ हिजो विहान पाकिस्तानको राजधानी इस्लामबादस्थित अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। तर त्यसपछि उनलाई पाकिस्तानबाट निश्कासित गरिएको थियो।
|