china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बेपत्ता भएका रसियालीहरुको खोजी कार्यमा रुसलाई साथ दिन चीन इच्छुक
    (GMT+08:00) 2007-09-11 18:27:10    

               चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले रुसी उद्धार विशेषज्ञहरुसितै निकट सम्पर्कमा रहेर बेपत्ता भएका रुसी नागरिकहरुको खोजी कार्यलाई अघि बढाउने इच्छा चीनको रहेको कुरा बताउनुभएको छ। आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा छजना रसियालीहरु चीनको शिंग च्याँग-युगूर स्वायत्त प्रदेशमा बेपत्ता भएको भन्ने विषयमा चर्चा गर्दा उहाँले उक्त कुरा बताउनुभएको हो।

              थाहा भएअनुसार, छ तारिखका दिन ती रसियाली दलको नेतृत्व गर्ने एकजना चिनियाँ दोभाषेले शिंग च्याँगको ह थेन क्षेत्रको एउटा नदीमा रेफ्टींग गर्ने छजना रसियालीहरु सम्पर्कमा नरहेको धेरै दिन भइसकेको कुरा सूचित गर्नुभएको थियो। यो खबर पाएपछि शिंग च्याँगको ह थेन क्षेत्रले तत्कालै जरुरी बचाउ निर्देशनालयको स्थापना गर्‍यो।

              प्रवक्ता च्याँग यूका अनुसार, हाल रुसी उद्धार विमान चीनको शिंग च्याँगमा पुगिसकेको छ। साथै, चीन पक्षले पनि सबै क्षेत्रको शक्तिलाई परिचालित गरेर ठूलो पैमानामा खोजी र बचाउ कार्य गर्नथालेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040