china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स्वायत्त प्रदेश तिब्बत सरकारका उपाध्यक्ष र नेपालका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ
    (GMT+08:00) 2007-09-13 20:36:00    

              चीनको स्वायत्त प्रदेश तिब्बत सरकारका उपाध्यक्ष ते सिआओगाङ्गले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गनुभएको छ । हिजो मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष ते र प्रधानमन्त्री कोइरालाबीच आधाघण्टा कुराकानी भएको हो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विशेष सल्लाहकार डा. शुरेशचन्द्र चालिसेले सि.आर.आई.लाई बताउनु भए अनुसार दुबै नेताबीचमा सौहार्दपूर्ण वातावरणमा कुरकानी भयो ।

             प्रधानमन्त्री कोइरालाले भेटका क्रममा नेपाल सरकारले एक चीनको नीतिलाई स्वीकार गरेको बताउँदै नेपालमा चीन बिरोधी गतिविधि हुन नदिने अडान दोहोर्‍याउनुभयो । यसपालिको वष्रात्मा नेपालको तराई क्षेत्रमा डुबान हुँदा तथा पहाडी क्षेत्रमा बाढी पहिरोको समस्या भएको बेला चीनको स्वायत्त प्रदेश तिब्बती सरकार र जनताले गरेको सहयोगप्रति धन्यवाद दिँदै उपाध्यक्ष तेङ्गलाई नेपालको हितैसी मित्र भनेर प्रधानमन्त्री कोइरालाले भन्नुभएको कुरा डा. चालिसेले बताउनुभयो ।

            चीनको स्वायत्त प्रदेश तिब्बत सरकारका उपाध्यक्ष ते सिआओगाङ्गले नेपाल र तिब्बतबीचको सम्बन्ध अत्यन्त गाढा, ऐतिहासिक र नजिक रहेको बताउनु भयो । नेपाल सरकारले चीन बिरोधी गतिबिधिलाई पूर्ण रुपमा नियन्त्रण गरेकामा खुशी व्यक्त गर्दै तिब्बती जनता र चिनियाँ जनताले नेपाल र नेपालीलाई धेरै माया गर्ने बताउनुभयो । उहाँले चीनको तिब्बत र नेपालबीचमा ऐतिहासिक, सांस्कृतिक तथा पारस्परिक सम्बन्ध रहेको बताउँदै नयाँ युगमा जनस्तरबीचको सम्बन्धले अझै ठूलो रुप लिएको बताउनुभयो ।

             नेपाल चीन तिब्बत आर्थिक तथा व्यापारिक मेलाको अवसर पारेर उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको स्वायत्त प्रदेश तिब्बत सरकारका उपाध्यक्ष ते सिआओगा हाल नेपाल भ्रमणमा हुनुहुन्छ । दुई दिन अगाडि 10 तारिख भारतको दिल्ली हुँदै नेपाल आउनु भएका तेङ्ग आगामी 15 तारिख चीन फर्कदै हुनुहुन्छ ।

            चेतनाथ आचार्य

           सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040