इरानका गृह मन्त्री मोस्ताफा भोरमोहामादी इरान सरकारका विशेष दूतका रुपमा चीनको दुइ दिने भ्रमणका लागि आज पैचिंग पुग्नुभयो। भ्रमणका अवसरमा उहाँले चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग चीन र इरानबीचको सम्बन्ध, इरानको आणविक समस्या आदि विषयहरुबारे वैचारिक आदान-प्रदान गर्नुहुने छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो।
प्रवक्ता च्यांग युले कुटनैतिक वार्ता इरानको आणविक समस्याको समाधान गर्ने सबैभन्दा उत्तम छनौट हो भन्दै यो नै अन्तर्राष्ट्रिय समाजको साझा हितअनुकुल भएको कुरा बताउनुभयो। विभिन्न पक्षले संयम कायम राख्ने, समस्याको समाधान शान्तिपूर्ण तरिकाले गर्ने उपायलाई नत्याग्ने, इरानको आणविक समस्याको समाधान गर्नका लागि चौतर्फी, दीर्घकालीन र समुचित उपाय खोज्ने आशा चीनले गरेको कुरा बताउनुभयो।
|