चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग युले रुससँगै मिलेर दुइ देशबीचको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको दीर्घकालीन, स्वस्थ्य र स्थीर विकासका लागि निरन्तररुपमा प्रयास गर्न चीन इच्छुक रहेको कुरा बताउनुभएको छ। आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो प्रधान मन्त्री मिखाइल फ्राद्कोभको नेतृत्वमा रहेको सरकारको राजिनामा स्वीकार गर्नुका साथै सरकार विघटन गरेको घोषणा गर्नुभएको छ। यसबारे पत्रकारको प्रश्नको जवाफ दिँदै उहाँले यसप्रति चीनको ध्यान गएको कुरा बताउनुभयो। श्री फ्राद्कोभले रुसको प्रधानमन्त्री रहँदा चीन र रुसबीचको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको अरु विकासका लागि र दुइ देशबीचको वास्तविक सहयोगलाई अरु गहन पार्नका लागि सक्रिय योगदान गर्नुभएको कुरा वताउँदै उहाँले चीनले रुससँग राजनीतिक, आर्थिक तथा ब्यापारिक, विज्ञान तथा प्रविधि आदि क्षेत्रको सहयोगलाई निरन्तररुपमा गहन पार्दैजाने इच्छा लिएको कुरा बताउनुभयो।
|