
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले अमेरिकाले ठोस कार्याकलापमार्फत थाइवान समस्याका सम्बन्धमा आफूले गरेको वचनबद्धताको पालना गर्नसक्ने र चीनसितै मिलेर थाइवान जल-डमरु क्षेत्रको शान्ति र स्थिरता तथा चीन तथा अमेरिकाबीचको सम्बन्धको संरक्षण गर्नसक्ने आशा चीनले गरेको कुरा बताउनुभएको छ। उहाँले आज पैचिंगमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।
प्रवक्त च्याँगले भन्नुभयो- विश्वमा एउटा मात्र चीन छ, थाइवान चीनको एक अखण्ड भाग हो र जन-गणतन्त्र चीन समस्त चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैधानिक भू-भाग हो भन्ने कुरा अन्तर्राष्ट्रिय समाजको सर्वव्यापी समान विचार हो, साथै यसलाई संयुक्त राष्ट्र संघीय महासभाको 2758 नम्बरको निर्णयले पक्का गरिसकेको छ।
संयुक्त राष्ट्र संघको वडापत्र, राष्ट्र संघको 2758 नम्बरको निर्णय र सर्वमान्य एक चीनको सिद्धान्तलाई हाकाहाकी चुनौती दिने कुनै पनि कृयाकलाप निश्चय नै विफल हुने कुरा पनि प्रवक्ता च्याँगले प्रष्ट पार्नुभयो।
|