जापानका प्रधानमन्त्री शिन्जो आबेले हाल राजीनामा दिने घोषणा गर्नुभएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा बोल्दै जापानसँग उच्च तहबीचको आदान-प्रदानको प्रवृतिलाई कायम राख्न, आपसी राजनीतिक विश्वासलाई अघि बढाउन, व्यावहारिक सहयोगलाई गहन पार्न तथा दुइ मुलुकबीचको सम्बन्धको विकासलाई घच्घच्याउन चीन इच्छुक रहेको कुरा वताउनुभयो।
चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता च्यांग युले उक्त कुरा वताउनुभएको हो।
चीन सरकारले चीन र जापानबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धको विकासलाई महत्व दिंदैआएको कुरामा प्रवक्ता च्यांग युले जोड दिनुभयो।
|