china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    काठमाडौँमा नेपाल चीन आर्थिक सम्बन्धका अवसरहरु विषयक गोष्ठीको आयोजना भएको छ
    (GMT+08:00) 2007-09-14 20:20:34    
             नेपाल चीन उद्योग वाणिज्य संघले नेपाल चीन आर्थिक सम्बन्धका अवसरहरु विषयक गोष्ठीको आयोजना गरेको छ । हिजो बुधबार काठमाडौँमा आयोजित सो गोष्ठीमा विभिन्न वक्ताहरुले दुई देशबीचको व्यापारिक सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

             नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालबाट चीन निकासी हुने सामानको भन्सार शुल्क शुन्यमा झारी व्यापार घाटा कम गर्न चिनियाँ सरकारसँग अनुरोध गर्नुभयो । उहाँले हस्तकलाका सामान, खाद्यसामग्री तथा जडीबुटी जस्ता निकासीजन्य सामानहरु नेपालबाट चीनको तिब्बत जाने गरेको बताउँदै दुई देशबीचमा व्यापारको संभावना ठूलो रहेकोमा जोड दिनुभयो ।

            सो गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टी माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जलविद्युत क्षेत्रमा चिनियाँ लगानीलाई आकषित गर्न स्पष्ट नीति बनाउनु पर्न् बताउँदै बढी उत्पादन भएको विद्युत चीनलाई बेच्न सकिने सुझाव दिनुभयो । कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रदीपज पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

            यसैगरी आजै अपरान्ह नेपालस्थित चिनियाँ दूताबासका काउन्सिलर सि हुईले बाढी पहिरोमा परेका पीडितलाई सहयोग स्वरुप चीनको तिब्बत सरकारले प्रदान गरेको सहयोग सामग्री नेपाल रेडक्रस सोसाइटिलाई हस्तान्तरण गर्नुभयो । नेपाल रेडक्रस सोसाइटिको सभाकक्षमा आयोजित समारोहमा दूताबासका काउन्सिलर सि हुईले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापालाई हस्तान्तरण गर्दै दुई देशको पारस्पारिक सहयोगमा यो सानो सहयोग भएको बताउनुभयो । सोसाइटिका अध्यक्ष थापाले चीन सरकार र चिनियाँ जनतालाई सहयोग गरेकोमा धन्यवाद प्रदान गर्नुभयो ।

             चीनको स्वायत्त प्रदेश तिब्बतले तीन लाख चिनियाँ युयान अर्थात् 27 लाख नेपाली रुपैयाँ बराबरको विभिन्न सामग्रीहरु नेपाल सरकारलाई प्रदान गरेको थियो । सामग्रीहरुमा कम्बल, पाल तथा सफा पिउने पानी र खाने कुराहरु रहेका छन् ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040