काठमाडौँको बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालित नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेला भोलि सम्पन्न हुँदैछ । व्यापार मेलामा नेपाली अवलोकनकर्ताहरुले उत्साहजनक सहभागी जनाएका छन् ।नेपालीहवरुको दुइ ठूला चाड दसैँ र तिहारको आगमन हुन एक महिनामात्र बाँकी रहेको अवस्थामा व्यापारमेलाले थप महत्व बाकेको छ । चीनको तिब्बतमा बनेका सामग्रीहरु, आधुनिक प्रविधि तथा जुत्ता एवं कपडाहरुलाई प्रदर्शनीमा राखिएको छ ।
चीनको स्वायत्त प्रदेश तिब्बतका विभिन्न 27 वटा कम्पनीहरुका 38 वटा प्रदर्शनीकक्ष सम्मेलन केन्द्रमा सजाइएका छन् ।चिनियाँ जुत्ता, लत्ताकपडा धेरै दर्शकहरुले मन पराएको र समयमै बित्री भइसकेको प्रदर्शनकर्ताहरुले सि.आर.आई. लाई बताए । घरमा जसाइने सामानहरु विद्युत्तीय उपकरणदेखि विभिन्न प्रविधिका सामानहरु प्रदर्शनीकक्षामा राखिएका छन् । चीनको तिब्बतमा बनेका ट्याक्टर, गाडी, कम्प्युटरहरुलाई धेरै दर्शकले रुचाएका छन् । त्यसैगरी तिब्बती कपडा, उनी तथा गलैँचाहरु नेपालीहरुले मन पराएका छन् ।चीनको तिब्बत र नेपालबीचमा परम्परादेखि नै व्यापार हुँदै आएको छ । समानखालको भौगोलिक अवस्था तथा संस्कृतिले गर्दा नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धले जनस्तरमा कडा छाप छोडेको छ । नेपाली व्यापारीहरुले चीनसँगको व्यापार घाटा कम गर्नका लागि गुणस्तरीय उत्पादन र तिब्बतमा प्रचार कार्य प्रभावकारी बनाउनु पर्ने बताउँदै आएका छन् ।यस प्रकारका व्यापार मेलाले दुई देशको व्यापारमा विस्तार ल्याउने तथा सम्बन्धमा सुधार ल्याउने कुरामा नेपाली र चिनियाँ पक्ष सहमत देखिएका छन् ।
चेतनाथ आचार्य
सि.आर.आई.काठमाडौँ
|