भयोकाठमाडौँको बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तेस्रो चीन महोत्सव हिजो आइतबारबाट सुरु भयो ।महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई छिमेकी राष्ट चीन र नेपाल परम्परादेखि नै असल मित्र रहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले आफू अस्वस्थ भएर पनि महोत्सवको उद्घाटन कार्यमा आएर दुई देशको सम्बन्धलाई महत्व दिएको भन्दै पूर्व प्रधानमन्त्री वी.पी. कोइरालाले नेपाल र चीनबीचको सम्बन्धलाई घनिष्ट बनाउन खेल्नु भएको भूमिकाको चर्चा गर्नुभयो ।
उहाँले दुई देशबीचको सुमधुर सम्बन्धलाई अझै राम्रो बनाउन आफूले प्रयास गरिरहने कुरामा जोड दिनुभयो ।महोत्सवको उद्घाटन समारोहमा चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ग्वान्जो प्रान्तका उपप्रशासक लि यु लानले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धमा सांस्कृतिक पक्षले खम्बाको काम गरेको बताउनुभयो । उहाँले महोत्सवमा आफ्नो प्रान्तका कलाकारले नेपालमा आएर चिनियाँ संस्कृतिको प्रदर्शन गर्ने बताउँदै चिनियाँ प्रचारलाई तेस्रो चीन महोत्सवले नेपाली जनतासम्म पुर्याउने आशा गर्नुभयो ।
हिजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटगरी दुई पक्षीय कुराकानी गरेको प्रस उठाउँदै नेपाललाई सहयोग गर्न चीन सँधै तयार गरेको बताउनुभयो ।नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले दुई देशबीचको सांस्कृतिक सम्बन्धको प्रतिविम्ब चीन महोत्सव भएको बताउँदै कार्यक्रममा प्रधानमन्त्री कोइराला आइदिएर शोभा बढाइदिनुभएकोमा उहाँलाई धन्यवाद दिनुभयो ।चीन महोत्सव हरेक दुई वर्षमा आयोजना हुने गर्दछ । चिनियाँ दूताबासले आयोजना गरेको तेस्रो चीन महोत्सव हिजोबाट सुरु भई पाँच दिनसम्म चल्ने छ । चीन महोत्सवमा चिनियाँ गीत संगीत, नृत्य, एक्रोव्याट, मार्सल आर्टको कला प्रदर्शन गरिन्छ । त्यसैगरी चिनियाँ प्रविधि तथा चिनियाँ सामानको प्रदर्शनीलाई, व्यापारिक कक्ष, फेसन सो जस्ता विषयवस्तुलाई पनि चीन महोत्सवमा सामेल गराइएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|