चीनका परराष्ट्र मन्त्री यांग चे छले मौसमको परिवर्तनबारे सँयुक्त राष्ट्र संघको उच्च स्तरीय सम्मेलनमा भाग लिनुका साथ सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पेइचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
थाहा भएअनुसार यसै महिनाको चौबीस तारिखका दिन न्यूयोर्कस्थित सँयुक्त राष्ट्र संघको प्रधानकार्यालयमा आयोजना हुने उक्त सम्मेलनको उद्देश्य चाहिं मौसमको परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय समाजलाई चाँडै नै सम्बन्धित सम्झौता सम्पन्न गराउनु भन्ने हो।
मौसमको परिवर्तनको सामना गर्न बहुपक्षीय बाटोलाई कायमै राखी सँयुक्त राष्ट्र संघको भूमिकाको पूर्ण प्रवाह गर्नुपर्ने कुरा बताउँदै प्रवक्त च्यांग युले मौसमको परिवर्तनको सामनामा विभिन्न मुलुक बीचको आदान-प्रदान र सहयोगलाई यस पटकको सम्मेलनले सबल पार्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
|