कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान सम्बन्धी छ-पक्षीय वार्तामा सम्पन्न भएको सम्झौता बमोजिम चीनले प्रजातान्त्रिक जन गणतन्त्र कोरियालई पचास हजार टनको भारी तेलको सहायता प्रदान गर्ने कार्यलाई हाल व्यवहारमा उतारिरहेको छ। पहिलो जहाजमा ढुवानी गरिएको भारी तेल अस्ति उत्तर कोरियामा पुगिसकेको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पेइचिंगमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। यसका साथै उहाँले ठीक समयमा छ-पक्षीय वार्ताको नयाँ चरणको सम्मेलन आयोजना गर्न अवश्यक रहेको चीनको ठहर प्रकट गर्दै नयाँ चरणको सम्मेलनको मितिबारे हाल चीनले सम्बन्धित विभिन्न पक्षसँग छलफल पनि गरिरहेको बताउनुभएको छ।
|