चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा बोल्दै यही महिनाको एकाइस तारीखका दिन न्यूयोर्कमा आयोजित हुने दार्फूर समस्या सम्बन्धी दोस्रो उच्च स्तरीय वार्तामा सहभागी हुनका लागि चिनियां सहायक परराष्ट्रमन्त्री जेइ च्युन्को नेतृत्व एक प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गर्ने कुरा बताउनुभयो।
आजको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै उहाँले उक्त वार्तामा दार्फूरको राजनैतिक प्रक्रिया , शान्ति संरक्षण गतिविधि , सुरक्षा परिस्थिति , मानव अधिकार सम्बन्धी अवस्था र विकास र पुनःनिर्मार्ण आदि समस्याबारे छलफल गरिने कुरा बताउनुभयो ।
उहांका अनुसार चीनले सुडानको सार्वभौमिकता र प्रादेशीक अखण्डतालाई पूर्ण रुपमा सम्मान गर्ने र समानताका साथ वार्ता गरी शान्तिपूर्ण तवरबाट दार्फूर समस्याको समाधान गर्ने अडानमा डटिरहने अवधारणा चीनले लिंदै आएको छ ।
|