china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियां परराष्ट्र मन्त्रीद्वारा बयसठीऔं राष्ट्र संघीय महासभामा सहभागी हुनुका साथै अमेरिकाको भ्रमण गर्ने
    (GMT+08:00) 2007-09-18 20:21:22    

               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज बोल्दै यही महिनाको उन्नाइस तारीखदेखि उन्नतीस तारीखसम्म चिनियां परराष्ट्र मन्त्री यांग चे छ्‌ले बयसठीऔं राष्ट्र संघीय महासभामा सहभागी हुनका साथै चीन र अफ्रिकी मुलुकका परराष्ट्र मन्त्रीहरु बीचको राजनैतिक वार्तामा सहभागी हुनुहुनेछ। त्यसका साथै उहाँले अमेरिकाको पनि भ्रमण गर्नुहुने छ भन्ने कुरा बताउनुभयो।

               च्यांग युका अनुसार परराष्ट्र मन्त्री यांग चे छ्‌ले राष्ट्र संघीय महासभाको साधारण सभालाई सम्बोधन गर्नुहुने र मौसममा परिवर्तन हुने राष्ट्र संघीय उच्च स्तरीय सम्मेलनमा र अफ्रिकी समस्याबारे सुरक्षा परिषद्‌को शिखर सम्मेलन जस्ता बहुपक्षीय सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ । यसका अतिरिक्त यांग चे छ्‌ले राष्ट्र संघीय महासचिव बान् कि मुन् , बयसठीऔं राष्ट्र संघीय महासभाका अध्यक्ष केरिम तथा केही मुलुकका नेता र परराष्ट्र मन्त्रीसंग भेटघाट गर्नुहुनेछ।

               अमेरिका-भ्रमणको अवसरमा परराष्ट्र मन्त्री यांग चे छ्‌ले अमेरिकी सरकारका र नेतासित चीन र अमेरिका बीचको सम्बन्ध र साझा चासो रहेका महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे पनि विचार विमर्श गर्नुहेनछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040