चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज पैचिङ्गमा बोल्दै धार्मिक लगायतका अन्य समस्यामार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तत्काल रोक्नुका साथै चीन तथा अमेरिकाबीचको पारस्परिक विश्वास तथा समझदारीका लागि हितकर हुने काम गर्न चीनले अमेरिकासँग आग्रह गरेको कुरा बताउनुभयो।
अमेरिकी विदेशमन्त्रालयले हालै "सन् 2007को अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन" सार्वजनिक गर्दै निरन्तररुपमा चीनको धार्मिक नीति तथा धार्मिक स्वतन्त्रताको अवस्थामाथि दोष लगाएको छ।
प्रवक्ता च्याङ्ग युले आजै पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त प्रतिवेदनमा चीनको धार्मिक तथा जातीय नीतिमाथि निराधार आरोप लगाएकोमा यो कुरा अन्तर्राष्ट्रिय सम्बन्धको नियमविपरित छ र चीनले यसको कडा शब्दमा विरोध गरेको छ भन्नुभयो।
|