चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले मध्य-पूर्वको वर्तमान परिस्थितिमा चीनले महत्वपूर्ण नजर पुर्याएको जानकारी दिनुभएको छ। आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो।
प्राप्त जानकारी अनुसार इजरेलको सुरक्षामा मन्त्री मण्डले हिजो मतदान गरी हाल प्यालेष्टाइन इस्लामिक प्रतिरोध आन्दोलनको नियन्त्रणमा रहने गाजा क्षेत्र नै शत्रु समुदाय रहेको घोषणा गर्नुका साथै गाजामा आर्थिक नाकाबन्दी लगाउने निर्णय गरेको छ।
यसबारे पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता च्यांग युले इजरेलको यस्तो कारवाहीबाट गाजा क्षेत्रको परिस्थिति अझ तनावपूर्ण हुनुका साथै त्यहाँको मानव अधिकारको अवस्थामा पनि असर पर्ने सम्भावना रहेको कुरा बताउनुभएको छ। यसका लागि चीन निकै चिन्तित रहेको कुरा पनि उहाँले औंल्याउनुभएको छ।
|