china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली पत्रकारहरुको एक प्रतिनिध मण्डल दुइ हप्ते चीन भ्रमणका क्रम चीनको स्वायत्त प्रदेश तिव्बतमा रहेको छ।
    (GMT+08:00) 2007-09-21 17:05:13    

              अब पूरो समाचार सुन्नुहोस्, हाम्रा सम्बाददाता चेतनाथ आचार्यबाट

      भयोकाठमाडौँको बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तेस्रो चीन महोत्सव हिजो आइतबारबाट सुरु भयो ।महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुई छिमेकी राष्ट चीन र नेपाल परम्परादेखि नै असल मित्र रहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले आफू अस्वस्थ भएर पनि महोत्सवको उद्घाटन कार्यमा आएर दुई देशको सम्बन्धलाई महत्व दिएको भन्दै पूर्व प्रधानमन्त्री वी.पी. कोइरालाले नेपाल र चीनबीचको सम्बन्धलाई घनिष्ट बनाउन खेल्नु भएको भूमिकाको चर्चा गर्नुभयो ।

              उहाँले दुई देशबीचको सुमधुर सम्बन्धलाई अझै राम्रो बनाउन आफूले प्रयास गरिरहने कुरामा जोड दिनुभयो ।महोत्सवको उद्घाटन समारोहमा चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ग्वान्जो प्रान्तका उपप्रशासक लि यु लानले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धमा सांस्कृतिक पक्षले खम्बाको काम गरेको बताउनुभयो । उहाँले महोत्सवमा आफ्नो प्रान्तका कलाकारले नेपालमा आएर चिनियाँ संस्कृतिको प्रदर्शन गर्ने बताउँदै चिनियाँ प्रचारलाई तेस्रो चीन महोत्सवले नेपाली जनतासम्म पुर्‍याउने आशा गर्नुभयो ।

               हिजै बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटगरी दुई पक्षीय कुराकानी गरेको प्रस उठाउँदै नेपाललाई सहयोग गर्न चीन सँधै तयार गरेको बताउनुभयो ।नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले दुई देशबीचको सांस्कृतिक सम्बन्धको प्रतिविम्ब चीन महोत्सव भएको बताउँदै कार्यक्रममा प्रधानमन्त्री कोइराला आइदिएर शोभा बढाइदिनुभएकोमा उहाँलाई धन्यवाद दिनुभयो ।चीन महोत्सव हरेक दुई वर्षमा आयोजना हुने गर्दछ । चिनियाँ दूताबासले आयोजना गरेको तेस्रो चीन महोत्सव हिजोबाट सुरु भई पाँच दिनसम्म चल्ने छ । चीन महोत्सवमा चिनियाँ गीत संगीत, नृत्य, एक्रोव्याट, मार्सल आर्टको कला प्रदर्शन गरिन्छ । त्यसैगरी चिनियाँ प्रविधि तथा चिनियाँ सामानको प्रदर्शनीलाई, व्यापारिक कक्ष, फेसन सो जस्ता विषयवस्तुलाई पनि चीन महोत्सवमा सामेल गराइएको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040