चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्यांग युले आज पैचिंगमा बोल्दै अमेरिकाको निमन्त्रणामा चीनको राष्ट्रिय विकास र सुधार समितिका उप-प्रमुख शे चन व्हाले चीनका राष्ट्राध्यक्ष हु चिन थाउका प्रतिनिधिको हैसियतले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको प्रस्तावमा आयोजित ऊर्जाको सुरक्षा र मौसम परिवर्तनसम्बन्धी मुख्य आर्थिक समुदायको सम्मेलनमा सहभागी हुने कुरा सार्वजनिक गर्नुभयो।
च्यांग युले आज आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।
यस सम्मेलन सत्ताइसदेखि अट्ठाइस तारिखसम्म अमेरिकाको वाशिंगटनमा आयोजित हुनेछ। यस सम्मेलनमा विश्वका तेह्रवटा मुख्य आर्थिक समुदायलाई निम्तो गरिनेछ। त्यस अवसरमा क्युटो प्रोटोकलपछि नयाँ सिद्धान्त तय गर्ने विषय बारे छलफल हुनेछ।
|