चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै जर्मनीका चान्सलर आन्जेला मेरकेलले दलाइ लामासँग भेट-वार्ता गर्नुभएकोमा चीनले त्यसप्रति कडा असन्तोष व्यक्त गरेको कुरा वताउनुभयो।
अस्ति जर्मनीका चान्सलर आन्जेला मेरकेलले दलाइ लामासँग तथाकथित "व्यक्तिगत भेट-वार्ता" गर्नुभयो। पत्रकारद्वारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदा श्रीमती च्यांग युले यसबाट चीनको आन्तरिक मामिलामा हस्तक्षेप हुनुका साथै चिनियाँ जनताको भावना तथा चीन-जर्मन सम्बन्धमा गम्भिर क्षति पुर्याएको कुरा वताउनुभयो।
चीन-जर्मन सम्बन्धको समग्र परिस्थिति तथा दुइ मुलुकका जनताको आधारभूत हितबारे सोच-विचार गरी उसको गलत कारवाहीबाट ल्याइएको नकारात्मक असरलाई हटाउनका लागि प्रभावकारी कदम चाल्न चीनले जर्मनीसँग आग्रह गरेको कुरा पनि श्रीमती च्यांग युले वताउनुभयो।
|