china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्षले नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ
    (GMT+08:00) 2007-09-26 18:25:32    

             चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय कमिटिका उपाध्यक्ष वा चोङ युले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्नुभएको छ । चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय कमिटिका उपाध्यक्ष वा चोङ युले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्नुभएको छ।चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय कमिटिका उपाध्यक्ष वा चोङ युले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री कोइराला तथा उपाध्यक्ष चोङ युबीच झण्डै एकघण्टा कुराकानी भएको छ।

          प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट सल्लाहकार डा. सुरेश चालिसेले सि.आर.आई.लाई बताउनु भए अनुसार दुबै नेताबीचमा आपसी सहयोगका बारेमा छलफल भएको छ । चीनले नेपाललाई दिँदै आएको सहयोगमा विस्तार गर्ने तथा स्थायी शान्तिका लागि चीन हर्दम तयार रहेको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष वा चोङ युलाई उद्धृत गर्दै डा. चालिसेले बताउनुभयो । नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न होस्‍ भन्ने चिनियाँ धारणा रहेको उल्लेख गर्दै नेता चोङ युले नेपाललाई चीनको नजिकको साथी भनेर प्रशंसा गर्नुभएको उहाँले बताउनुभयो।

          नेपालले सधैँ एक चीनको नीतिलाई समर्थन गरेको दोहोर्‍याउँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई पुर्‍याउँदै आएको सहयोग प्रति चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिनुभयो। प्रधानमन्त्री कोइरालाले नेपालको विकासक्रममा चिनियाँ सहयोग उल्लेख्य रहेको बताउँदै आगामी दिनमा सहयोग बढाउन आग्रह पनि गर्नुभयो।

          आजै बिहान उपाध्यक्ष चोङ युले व्यवस्थापिका संसदका सभामुख सुवास नेम्बारुँग पनि भेटवार्ता गर्नुभएको छ । सभामुख नेम्बाङ्गले सि.आर.आई.सँग कुरा गर्दै नेपालको व्यवस्थापिका संसद र चीनको जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिबीचमा घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँले विगतमा पनि व्यवस्थापिका संसदले चीनबाट सहयोग प्राप्त गरिरहेको तथा यो निरन्तर रहने कुरा व्यक्त गर्दै उपाध्यक्ष चोङ युको भ्रमण अत्यन्त महत्वपूर्ण र उपयोगी भनेर टिप्पणी गर्नुभयो ।

          नेपालको व्यवस्थापिका संसदको निमन्त्रणामा चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलको राष्ट्रिय समितिका उपाध्यक्ष चोङ युले नेतृत्व गर्नुभएको उच्चस्तरीय प्रतिनिधिमण्डल हिजो सेप्टेम्बर 24 तारिखमा भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको हो। प्रतिनिधिमण्डल भोलि 26 तारिखमा चीन फर्कनेछ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040