china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बतबाट काठमाडौँसम्म रेलमार्ग जोड्न सकिने संभावना रहेको नेपालका प्रधानमन्त्रीका सल्लाहकारले बताउनुभएको छ
    (GMT+08:00) 2007-09-28 19:10:42    

          चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासाबाट सिगाच्छे हुँदै काठमाडौँसम्म रेलवेसेवा जोड्न चीन सकारात्मक रहेको कुरा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट सल्लाहकार डा. सुरेश चालिसेले पत्रकारहरुलाई बताउनुभएको छ।

          चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय कमिटिका उपाध्यक्ष वा चुङ युले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरेपछि सो सम्भावना रहेको डा. चालिसेले बताउनुभएको हो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उपाध्यक्ष चुङ युलाई ल्हासाबाट काठमाडौँसम्म रेलमार्ग जोड्नका लागि अनुरोध गर्नुभएपछि उपाध्यक्ष चुङ युले यस बारेमा सकारात्मक जवाफ दिनुभएको सल्लाहकार चालिसेले बताउनुभयो।

          दुई दिन अगाडि काठमाडौँमा भएको पत्रकार भेटघाटमा डा. चालिसेले प्रधानमन्त्री कोइरालालाई उद्धृत गर्दै चीन सरकारसँग पेट्रोेल आपूर्ति गर्न तथा नेपालको सीमासम्म रेलमार्ग बिस्तार गर्न अनुरोध गरिएको बताउँदै सो बारेमा चीन सरकार सकारात्मक भएको बताउनुभयो

          चीनको तिब्बतको ल्हासा विश्वकै सबैभन्दा उच्च भागमा रेलवे सेवा भएको ठाउँ हो । डेढ वर्ष अगाडि छिन्हाइबाट चीनको तिब्बतमा रेलवे सेवा विस्तार भएको हो । चीन सरकारले आगामी वर्ष ल्हासाबाट सिगाच्छेसम्म रेलवेसेवा विस्तार गर्दैछ । सिगाच्छे नेपाल र चीनको सीमा तातोपानी खासाबाट नजिकै पर्ने हुनाले पहिलो चरणमा खासासम्म रेलवे सेवा विस्तार गर्ने र पछिल्लो चरणमा काठमाडौँ जोड्न सकिने कुरा डा. चालिसेले बताउनुभयो। पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका सल्लाहकार डा. चालिसेले नेपाल र चीनबीचमा रेलवे सेवा जोड्न सकियो भने नेपाली जीवन पद्धत्तिमा आमुल परिवर्तन हुने बताउनुभयो।

          भविष्यमा रेलवे सेवा जोड्‍न सकियो भने सस्तो मूल्यमा चिनियाँ सामान नेपाल भित्रिने, पर्यटन व्यवसायले प्रत्यक्ष लाभ लिने तथा पेट्रोलको आपूर्तिले नेपाली जीवन सरल हुनेछ। त्यति मात्र नभएर दुई देशबीचको मैत्री र सद्‍भावमा थप निकटता पनि आउने छ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040