चीनको स्वायत्त प्रदेश तिब्बतको निमन्त्रणा र चिनियाँ दूताबासको सहयोगमा चीनको तिब्बत भ्रमणमा गएको नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डल आफ्नो भ्रमण पूरा गरेर आज काठमाडौँ फर्किएको छ । आज बिहान ल्हासा काठमाडौँ उडानको एयर चाइनाबाट नेपाल फर्किएको प्रतिनिधिमण्डलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सि.आर.आई.सँग कुरा गर्दै भ्रमण अत्यन्त लाभदायक रहेको बतायो ।चीनको तिब्बतमा भइरहेको विकास, प्रगति तथा जीवनस्तरको प्रत्यक्ष अवलोकन गरेर फर्किएको प्रतिनिधिमण्डलमा सम्मिलित नेपाल साप्ताहिकका भोजराज भाटले सि.आर.आई.सँग कुरा गर्दै भन्नुभयो। चीनबाट सिक्नुपर्ने धेरै कुरा बाँकी रहेछ ।
तिब्बतमा भएको बिकासले संसारमा केही पनि असंभव छैन भन्ने प्रमाणित गरेको मैले महसुस गरेँ ।यही सेप्टेम्बर 16 तारिखमा काठमाडौँबाट तिब्बत गएको नेपाली प्रत्रकारहरुको प्रतिनिधिमण्डलले तिब्बतका ऐतिहासिक, पुरातात्विक, सांस्कृति स्थानको अवलोकन भ्रमण गर्नुका साथै विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको रेलवे लाइनबाट तिब्बत छिन्हाइको यात्रा गर्ने अवसर पनि प्राप्त गरेको थियो । प्रतिनिधिमण्डलमा सम्लग्न सि.आर.आई. नेपाली सेवाका पत्रकार सहकर्मी रमेशकुमार भट्टराईले तिब्बत भ्रमणले आफूमा चीनको तिब्बतका बारेमा अथाय जानकारी प्राप्त गरेको बताउनुभयो । पश्चिमी देशहरुले भनेजस्तो नभएर चीनको तिब्बतमा सन् 1961 पछि आमुल परिवर्तन भई जीवनस्तर अत्यन्त राम्रो भएको आफूहरुले पाएको भट्टराईले बताउनुभयो ।कतिपय स्थानमा तिब्बती संस्कृतिभित्र नेपाली पन पाएको बताउँदै पत्रकारहरुले नेपाल र चीनको तिब्बतबीचम परापूर्वदेखि नै समान संस्कृति रहेको बताए । नेपाली पत्रकारहरुले तिब्बतक स्थानीय कृषकको घरमा समेत गएर जीवनस्तरको प्रत्यक्ष अनुभव समेटेका थिए । अब आफूहरुले आफ्नो सञ्चार माध्यमबाट आफूहरुले देखेर र भोगेर आएका कुरालाई यथार्थमा राख्ने समेत पत्रकारहरुले व्यक्त गरे ।
चेतनाथ आचार्य
सि.आर.आई.काठमाडौँ
|