गत वर्ष नेपालमा बिद्रोही पक्ष नेकपा माओवादी र सातदलबीचमा शान्ति सम्झौता लागू भएपछि नेपाली पर्यटन व्यवसायले राहतको महसुस गरेको छ। गतवर्षदेखि नै नेपाल घुम्ने पर्यटकको संख्या निरन्तर बढिरहेको छ।
नेपाल पर्यटन बोर्डले सि.आर.आई.लाई उपलब्ध गराएको तथ्याÍ अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकहरुमा चिनियाँ पर्यटकहरुको बृद्धिदर सबैभन्दा उच्च रहेको छ। उपलब्ध तथ्याÍमा हवाइ मार्गबाट मात्र नेपाल भित्रिने पर्यटकलाई राखिएकोमा चीनको मुख्य भूमि र थाइवानबाट नेपाल भित्रिने पर्यटकले झण्डै सात प्रतिशत स्थान ओगटेको छ। गत सेप्टेम्बर महिनामा मात्र चीनबाट नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुको संख्या एक हजार सात सय 65 रहेको छ।
गत वर्षको सेप्टेम्बर महिनामा नेपाल घुम्ने चिनियाँ पर्यटकहरुको संख्या छसय बयासी थियो। गत वर्षभन्दा यो वर्षको सेप्टेम्बर महिनामा चिनियाँ पर्यटकको बृद्धिदर एकसय उन्नानसाठी रहेको छ। चीनको थाइवानबाट नेपाल घुम्न आउने चिनियाँहरु पर्यटकको संख्या गत वर्षको सेप्टेम्बर महिनामा त्रियानब्बे थियो भने यो वर्षको सेप्टेम्बर महिनामा एक सय सतासी रहेको छ। यो संख्या पनि एकसय एक प्रतिशतले बढेको हो।
सन् 2006 को जनवरीदेखि सेप्टेम्बरसम्म हवाइ मार्ग भएर नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या चार हजार चार सय अठ्सठी थियो भने यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या नौ हजार नौ सय चवन्न रहेको छ। यसरी गतवर्षको सुरुको नौ महिनामाभन्दा यो वर्षको सुरुको नौ महिनामा एक सय तेईस प्रतिशतले चिनियाँ पर्यटकहरु बढेका छन्।
नेपालमा शान्ति छाउन थालेको तथा नेपालले चिनियाँ पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम अगाडि ल्याएको हुनाले चिनियाँ पर्यटकहरु बढिरहेको नेपाल पर्यटन बोर्डका काशीराज भण्डारी सि.आर.आई.लाई बताउनुहुन्छ। भण्डारीका अनुसार आगामी महिनामा अझै चिनियाँ पर्यटकले नेपाल घुम्न रुचि देखाएका छन्।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|