चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिंगमा बोल्दै चीनले पूर्वी समुद्रसम्बन्धी समस्याबारेको छलफललाई निरन्तररुपमा सकारात्मक र व्यावहारिकरुपमा सबल पार्ने कुरा बताउनुभयो।
प्रवक्ता लिउ चेन छाउले नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले चीन र जापानका नेतागणबीच भएको सहमतिअनुसार, सकारात्मक र व्यावहारिक धारणाले पूर्वी समुद्रसम्बन्धी समस्याबारेको छलफल प्रक्रियालाई निरन्तररुपमा सबल पार्ने कुरा बताउनुभयो। साथै प्रवक्ता लिउ चेन छाउले जापानले त्यसप्रति प्रयास गर्नसक्ने आशा चीनले गरेको कुरा पनि बताउनुभयो।
चीन र जापानबीच पूर्वी समुद्रसम्बन्धी समस्याबारेको छलफल आज पैचिंगमा आयोजित भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालय अन्तर्गत एशिया विभागका प्रमुख हु चंग युअ र जापानको विदेश मन्त्रालय अन्तर्गत एशिया विभागका प्रमुख केनीजीरो सासाइको नेतृत्वमा रहेका दुई मुलुकका प्रतिनिधिमण्डलहरु उक्त छलफलमा सहभागी भएका छन।
|